कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

२१ अर्बको ट्रेजरी बिल बिक्री गर्दै सरकार

काठमाडौँ — सरकारले २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । यसका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्हवान गरेको हो ।

२१ अर्बको ट्रेजरी बिल बिक्री गर्दै सरकार

जसअनुसार ८ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब रुपैयाँको ९१ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि कार्यालयले आइतबार (चैत २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । मंगलबार (चैत २७ मा) ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।

पछिल्लो पटकको बोलकबोलमा ३.०१ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ३.०३ प्रतिशत र सबैभन्दा कम २.८ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । अहिले सरकारले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः बिक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।

यसअघि राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण उठाउँदै आएकोमा गत सात (यही चैत १९ ) देखि उक्त काम सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्दै आएको छ ।

प्रकाशित : चैत्र २५, २०८० १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?