कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२९

धेरैजसो कम्पनीको सेयर मूल्य घट्यो, नेप्से भने बढ्यो 

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि सेयर बजारको परिसूचक नेप्से भने बढेको छ । यस दिन कुल १०८ कम्पनीको मूल्य घट्यो, ८५ को बढ्यो भने १४ को स्थिर रहृयो । नेप्से परिसूचक भने ५.७१ अंकले बढेर २१७८ अंकमा पुग्यो ।

धेरैजसो कम्पनीको सेयर मूल्य घट्यो, नेप्से भने बढ्यो 

पुँजीकरणका आधारमा ठूला कम्पनीको मूल्य बढेकाले नेप्सेमा यस्तो प्रभाव देखिएको हो । जसले गर्दा बैंकिङ, जलविद्युत् उपसमूह पनि बढेका छन् । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

बुधबार कुल ४ अर्ब ९२ करोडको कारोबार भएकोमा आज बिहीबार ३ अर्ब ४ करोडमा खुम्चियो । बैंकिङ ९, जलविद्युत् २७, लगानी १, निर्जीवन बीमा १९ र ब्यापार उपसमूह ६० अंक घटे । विकास बैंक ५, फाइनान्स ८, होटल तथा पर्यटन ३६, जीवन बीमा ३२, उत्पादन २६, लघुवित्त ३५ र अन्य उपसमूह १३ अंक घटे । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत तथा मैलुङखोलाको साढे ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, रिडी पावर, पिपुल्स पावर, अपी पावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।


प्रकाशित : माघ ५, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?