कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोलकाताबाट छुट्यो ईसीटीएस जडित कार्गो

सुरेश न्यौपाने

नयाँ दिल्ली — ५ वैशाखदेखि भारतको कोलकाता बन्दरगाह भएर आउने तेस्रो मुलुकको कार्गोमा विद्युतीय कार्गो निगरानी प्रणाली (इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम) लागू गरिएको छ । 

कोलकाताबाट छुट्यो ईसीटीएस जडित कार्गो

बुधबार अपराह्न नेपाली सामान बोकेका ईसीटीएस प्रणालीअन्तर्गत रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) जडित दुईवटा कन्टेनर कोलकाता बन्दरगाहस्थित भन्सार यार्डबाट वीरगन्जका लागि छुटेका हुन् ।

उक्त उपकरण जडान गरिएपछि व्यापारीहरूले कोलकाताबाट छुटेका आफ्ना सामान कहाँ पुगे र कुन प्रक्रियामा छन् भन्ने ‘रियल टाइम’ जानकारी पाउन सक्नेछन् । तीन महिनाका लागि नमूनाका रूपमा यसको परीक्षण गरिएको हो । यो प्रणाली जडान गर्ने सम्बन्धमा जुन २०१७ मा नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

भएको थियो ।

आजदेखि तीन महिनाको यसको औपचारिक रूपमा पाइलटिङ सुरु गरिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालेले जानकारी गराए । नेपाली व्यवसायीलाई लाभ भएको खण्डमा त्यो लागू हुनेछ । यो प्रणालीका कारण नेपालीका सामान सुरक्षित हुने तथा भारतीय भन्सारका झन्झटिला प्रक्रियाहरूबाट केही हदसम्म राहत हुने अपेक्षा गरिएको छ । यो उपकरणका लागि नेपाली व्यवसायीहरूले प्रतिकन्टेनर तीन हजार भारु अर्थात् ४ हजार ८ सय रुपैयाँ तिर्नुपर्नेछ ।

कन्टेनरमा जडित उपकरणका कारण नेपाली सामान बीचैमा लुटिने र ढुवानी समय बढी लाग्ने जस्ता समस्या कम हुने अपेक्षा व्यवसायीहरूले गरेका छन् । समयको बचत हुँदा विलम्ब शुल्कबाट समेत व्यावसायीहरूले राहत पाउनेछन् ।

त्यसैगरी तेस्रो मुलुकका सामान बोकेका कन्टेनरलाई बीच बाटैमा खोलेर भारतीय बजारमै बेच्ने गरेको भारतीय पक्षले लगाउँदै आएको आरोपबाट समेत नेपाली व्यवसायीहरू मुक्त हुने अपेक्षा गरिएको छ । त्यही शंकाकै कारण नेपाली सामान बोकेका कन्टेनरहरूले सुरक्षा जाँचका नाममा अनेकन झन्झट व्यहोर्दै आएका छन् । तर, कन्टेनरको सिलमा जडित आरएफआईडी उपकरणका मद्दतले कन्टनेर कहाँ पुग्यो भन्ने जानकारी दिनेछ । उक्त उपकरणमा कन्टेनरका सम्बन्धमा सबै

विवरण रहनेछ ।

तीन महिनापछि यसले निरन्तरता पाउने र नपाउने भन्ने तेस्रो मुलुकको आयात कत्तिको सहज र सरल हुन्छ त्यसैमा निर्भर गर्ने महावाणिज्यदूत अर्यालको भनाइ छ । ‘नेपाली व्यवसायीहरूले मूल्य तिर्नुपरेको छ, त्यसैले व्यापार सहज र सरल भन्नेमै यसको निरन्तरता निर्भर छ’, महावाणिज्यदूत अर्यालले बताए । भन्सार प्रक्रियामा हुने परिवर्तन र व्यापारीहरूबाट आउने प्रतिक्रियाकै आधारमा आगामी निर्णय लिइने अर्यालले भने।


प्रकाशित : वैशाख ६, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?