५ दिनमै १५ हजार जोर जुत्ताचप्पल बिक्यो

काठमाडौ — मंगलबारदेखि सुरु भएको 'छाला वस्तु तथा जुत्ताचप्पलको औद्योगिक प्रदर्शनी' मा ५ दिनमै १५ हजार जोर जुत्ताचप्प्ाल बिक्री भएको छ । आयोजक संस्था छाला जुत्ता तथा वस्तु उत्पादक संघ, नेपालका अनुसार मेलामा विभिन्न कम्पनीले छुटसमेत दिएकाले बिक्री संख्या बढेको हो ।
'उपभोक्ताले स्वदेशी उत्पादित वस्तुलाई धेरै रुचाएका छन् ।थप आकर्षण गर्न कम्पनीहरूले १५ प्रतिशतसम्म छुटसमेत दिएका छन्,' मेला संयोजक कृष्णकुमार फुयालले भने, 'जसले गर्दा बिक्री बढेको हो ।' आयोजकका अनुसार यो छुट प्रदर्शनीभित्र मात्रै पाइनेछ । उनका अनुसार प्रदर्शनीमा ७० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पल राखिएको छ । यस्तै गोल्ड स्टारको खरिदमा एउटा चप्प्ाल सित्तैमा उपलब्ध गराएको जनाएको छ ।
पाँच दिनमा करिब ८५ हजारले मेला अवलोकन गरेको आयोजकको दाबी छ । पाँचौं दिन सार्वजनिक बिदा परेकाले प्रदर्शनीमा अवलोकनकर्ताको भीड बढेको थियो । भीडका कारण व्यवसायी तथा अवलोकनकर्ता उत्साहित देखिन्थे । 'स्वदेशी उत्पादित चप्प्ाल र जुत्ताको मूल्य सस्तो छ,' संयोजक फुयालले भने, 'जसले गर्दा अवलोकनकर्ताको उत्साहजनक सहभागिता छ ।' व्यवसायीका अनुसार गत वर्षको तुलनामा प्रदर्शनी धेरै फलदायी भएको छ । उपभोक्ताहरू नेपाली उत्पादनमा सचेत भएका छन् ।
व्यवसायीका अनुसार प्रदर्श्ानीमा उपभोक्ता र कारोबारको संख्या बर्सेनि १५/२० प्रतिशतले बढेको छ । 'स्वदेशी उत्पादनप्रति उपभोक्ताको लगावका कारण बर्सेनि भीड र कारोबार बढेको छ,' उनले भने ।
प्रदर्शनीमा भेटिएकी बानेश्वर निवासी चन्द्रकला तिवारी निकै व्यस्त देखिन्थ्िान् । स्वदेशमै उत्पादन भएको छाला, अल्लो र प्लास्टिकबाट बनेका जुत्ताचप्पल सस्तो भएकाले २ हजार रुपैयाँको किनिन् । उनले स्वदेशी जुत्ताचप्पल विदेशी ब्रान्डजस्तै बलियो भएकाले किनेको बताइन् । '५ सय रुपैयाँमा जुत्ता पाउनु धेरै सस्तो हो । म प्रायः स्वदेशी उत्पादन नै खरिद गर्छु,' उनले भनिन्, 'विदेशी ब्रान्डका जुत्ताभन्दा धेरै सस्तो पनि छ । बलियो पनि ।'
तिवारी मात्रै होइन मेलामा भेटिएका प्रायः सबै अवलोकनकर्ता कि त किनमेल कि सोधपुछमा व्यस्त देखिन्थे । यस्तै छालाका जुत्ता खरिद गरिरहेका विशालनगर निवासी श्याम गिरीले स्वदेशी जुत्ता बलियो भएकाले बर्सेनि किन्ने गरेको बताए । '७ वर्षदेखि नै स्वदेशी जुत्ता लगाउने गरेको छु । जुत्ता टिकाउ पनि हुन्छ,' उनले भने । उनले प्रदर्शनीमा ३ जोर जुत्ता खरिद गरेको बताए । प्रदर्शनीमा सस्तोमा पाइने भएकाले त्यही समय खरिद गरी राख्ने गरेको बताए । 'प्रदर्शनीमा २ जोर जुत्ता र एक जोर चप्पल किनेको
छु । अब एक वर्ष जुत्ता किन्न पर्दैन,' उनले भने ।
यस्ता प्रकारका मेलाबाट ग्राहक र व्यवसायीबीच प्रत्यक्ष अन्तरक्रिया हुने भएकाले फलदायी भएको आयोजकले जनाएको छ । स्वदेशमा नै राम्रा र वारेन्टी भएको छाला तथा स्पोर्ट जुत्ताहरू उत्पादन हुन थालेपछि यसको माग बढ्दै गएको व्यवसायीहरू बताउँछन् । उनीहरूका अनुसार उपभोक्ताहरू ब्रान्डप्रति बढी सचेत छन् । प्रदर्शनी' मा विभिन्न व्यवसायीले २० हजार जोरभन्दा बढी जुत्ताचप्पल बिक्रीका लागि राखेका छन् । अधिकांश कम्पनीले नयाँ डिजाइनका उत्पादन मेलामा राखेका छन् । प्रदर्शनीमा जुत्ताचप्पल बाहेक लेदरको ज्याकेट, पर्स, बेल्ट, जुत्तामा टाँस्ने गम, फेबिकोल लगायत छन् ।
'प्रदर्शनीबाट उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै कमजोरी सच्याउँदै लैजाने छौं,' उनले भने । मेलामा ७५ वटा उद्योगका ९५ भन्दा बढी स्टल छन् । जसमध्ये ७० वटा जुत्ताका मात्र हुन् । यसको मुख्य नारा 'नेपाली ब्रान्ड नै स्वदेशी उद्योगको सम्मान' छ । प्रवेशका लागि निःशुल्क गरिएको छ । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।
प्रकाशित : पुस १४, २०७० ०९:११