३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पेट्रोलियम पदार्थको अभाव छैनः निगम

नेविसंघसँग तत्काल मूल्य नबढाउने सहमति

काठमाडौ — पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने हल्ला चलाएर पेट्रोल पम्पले इन्धन बिक्री कम गरेपछि आयल निगमले पर्याप्त स्टक भएको जनाएको छ । उसले सोमबार विज्ञप्ति जारि गर्दै कुनै पनि असहज परिस्थिति नभएको जनाएको छ ।


'केही दिनयता पेट्रोलियम पदार्थ, एलपी ग्यासको मूल्य वृद्धिसम्बन्धीमा भ्रामक समाचार आम उपभोक्तामाझ फैलिएको प्रति निगमको ध्यानाकर्षण भएको छ,' जारी विज्ञप्तिमा भनिएको छ, 'निगमले इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा खरिद गरेको नेपाल भित्रिरहेको र सोही बमोजिम वितरण भइरहेको बेहोरा अनुरोध गर्दछौं । निगमसँग हाल पर्याप्त मौज्दात छ ।'
यसैबीच आइतबार विद्यार्थी संगठनहरूसँग भएको वार्तापछि तत्काल मूल्य नबढाउने सहमति भएको नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले बताए । 'तत्काल मूल्य वृद्धि नगर्ने सहमति भयो,' उनले भने, 'दुई रङको सिलिन्डर र दोहोरो मूल्य कायम गरेपछि मूल्य वृद्धिका विकल्पमा चाहिएको सहयोग गछौर्ं भन्यौं ।' पेट्रोलियम पदार्थको सहज आपूर्तिबारे राय लिन आइतबार विभिन्न विद्यार्थी संगठनलाई छलफलमा बोलाएको थियो । 'तत्काल मूल्य वृद्धि नगर्ने सहमति भयो,' उनले भने, 'दुई रङको सिलिन्डर र दोहोरो मूल्य कायम गरेपछि मूल्य वृद्धिका विकल्पमा चाहिएको सहयोग गछौर्ं भन्यौं ।'
 

प्रकाशित : पुस १६, २०७० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?