समृद्ध घिमिरे

समृद्ध घिमिरेका लेखहरु :

कर्नाटकमा भाजपाको हार र नेपाली दलहरूलाई पाठ

दक्षिण भारतीय राज्य कर्नाटकले एक दशकपछि कांग्रेसलाई निर्णायक मत दिएको छ । सन् २०१३ मा ३६ प्रतिशत मतका साथ १२२ सिट जितेको कांग्रेस यसपालि ४३ प्रतिशत मत ल्याई २२५ सिट रहेको विधानसभामा १३५ वटा जितेर पहिलो दल बनेको छ ।

अध्यादेश अर्थात् लोकतन्त्रको उपहास

बेलायती राजनीतिशास्त्री लर्ड एक्टनले दाबी गरेका थिए, ‘शक्तिले भ्रष्ट बनाउँछ, पूर्ण शक्तिले पूर्ण रूपमा भ्रष्ट बनाउँछ ।’ संसदीय प्रणालीमा कानुन बनाउनु कार्यपालिका र व्यवस्थापिकाको साझा अभ्यास हो । सामान्यतया कानुन बनाउनका लागि प्रस्ताव मन्त्रिपरिषद्बाट आउँछ ।

संविधानवाद र अगाडिको बाटो

नेपालको संविधान–२०७२ निर्माणको सात वर्ष पूरा भएको छ । एमसीसी र एसपीपी, न्यायपालिकाको विसंगति तथा वैकल्पिक राजनीतिप्रति मोहको कोलाहल आगामी चुनावमा महत्त्वपूर्ण मुद्दाहरू हुन सक्ने भए पनि, सर्वोपरि मुद्दाचाहिँ दलहरूले राष्ट्रको भविष्य कसरी परिकल्पना गर्छन् भन्ने नै हो ।

यूपीमा भाजपा लहरका आधार

भारतीय जनता पार्टी (भाजपा) आजको मितिसम्म आइपुग्दा भारतको सबैभन्दा प्रभावशाली पार्टी बनेको छ । अटलबिहारी वाजपेयीपछि नरेन्द्र मोदीको नेतृत्वमा बलियो हुँदै आएको भाजपा एउटा धर्मनिरपेक्ष राष्ट्रमा खुलेर हिन्दुत्वको राजनीति गर्ने पार्टी भनेर चिनिँदै आएको छ । सन् १९८४ मा लोक सभामा दुई सिट हात पारेको भाजपा सन् १९९६ को लोकसभामा सबैभन्दा ठूलो पार्टी बन्न सक्षम भयो । सन् १९९९ मा सहयोगी दलहरूसँग मिलेर केन्द्रमा सरकार बनायो र पहिलो पटक भाजपाका तर्फबाट वाजपेयी प्रधानमन्त्री बन्न सफल रहे । 

संघीय राज्यमा पनि एकै पटकको चुनाव !

विज्डम अफ द क्राउड’ को नेपालीमा उल्था हुन्छ— ‘जनसमूहको मनीषा ।’ यो शब्दावली मैले फ्रान्सिस गाल्टनलाई पढ्दा थाहा पाएको थिएँ । चर्चित प्रकृतिविद् चार्ल्स डार्बिनका भतिजा ग्याल्टन पशु मेलामा भएको प्रतियोगिता अवलोकन गर्दै थिए, जहाँ प्रतियोगीहरूले एउटा गोरुको तौलको अनुमान लगाउनुपर्ने थियो ।

काल्पनिक लोकतन्त्रको वास्तविकता

विश्वव्यापी सर्वेक्षणहरूले जताततै लोकतन्त्रप्रति विश्वास गुम्दै गएको तथ्य सार्वजनिक गरिरहेका छन् । सामूहिक भ्रष्टाचार तथा सरकारहरूको अक्षमताका कारण युवाहरू लोकतन्त्रसँग असन्तुष्ट छन् । स्विडेनको वी–डेम इन्स्टिच्युटको हालैको अध्ययनले भन्छ— विभिन्न मुलुकका सरकारहरूले लोकतान्त्रिक संस्थाहरूलाई नष्ट गर्नका लागि कोभिड महामारीको प्रयोग गरिरहेका छन् ।

शासक वर्गको संवेदनहीनता

कोभिड–१९ महामारीका कारण नेपालमा ९ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ; ६ लाख ६६ हजार जनाभन्दा बेसी संक्रमित छन् । दोस्रो लहरका दौरान नेपालले पीडादायी परिस्थितिको सामना गर्नुपर्‍यो । यो परिस्थिति अन्य चुनौतीभन्दा भिन्न थियो, अक्सिजन सुनजत्तिकै मूल्यवान् भयो भने अस्पतालमा बेड पाउनु जागिर पाउनुजस्तै दुस्साध्य थियो ।

गतिरोधको जिम्मेवार को ?

महाभारतको युद्धका लागि को जिम्मेवार थियो ? सदियौंदेखि चल्दै आएको बहस हो यो । यो प्रश्नका धेरै प्रतिप्रश्न तथा उत्तर छन् : भीष्म जसले द्रौपदीमाथि भएको अन्यायको विरोध गरेनन्, कि श्रीकृष्ण जसले महाभारतमार्फत संसारलाई धर्म र सत्यको शिक्षा दिए ?