पुराना राजनीतिक दलहरू मात्र होइन, उनीहरूका समर्थक र शुभचिन्तकसमेत अहिले ठूलो वैचारिक उकुसमुकुसको स्थितिमा छन् । किनकि, दलहरूले उनीहरूलाई उपलब्ध गराएका सोच्ने ‘टुल’ हरूमा नै अहिले खिया लागेको छ ।
हाम्रो समाजको ठूलो पुरानो तप्का वालेन्द्र शाह जस्ता अपरम्परागत प्रधानमन्त्रीसँग मानसिक रूपमा अभ्यस्त हुनै सकेको छैन ।
सरकारको नेतृत्वमा आएपछि रास्वपा र बालेन शाहको लोकतान्त्रिक आचरण र शैली कस्तो हुन्छ, त्यो हेर्न बाँकी नै छ । तर, उनीहरूका सैद्धान्तिक दस्तावेजहरू हेर्दा रास्वपा र कांग्रेसमा लोकतन्त्रलाई हेर्ने दृष्टिकोण र लिबरल आर्थिक नीतिमा धेरै भिन्नता छैन ।
‘पपुलिजम’ को मूलभूत चरित्र के हो भने यसले भन्छ– तपाईं मलाई पत्याउनुस्, बाँकी सब म ठीक गर्छु । ‘तपाईंले कसरी ठीक गर्नुहुन्छ त ?’ भनेर कसैले सोध्यो भने उसले भन्छ, ‘तपाईं पहिले मलाई विश्वास गरेर त हेर्नुस्, बाँकी म सब ठीक गरिहाल्छु ।’ ऊसँग धेरै ‘कन्टेन्ट’ हुँदैन । बौद्धिक रूपमा तर्क गर्न उसको क्षमता र रुचि दुवै हुँदैन ।
सार्वजनिक रूपमै धक नमानी भन्न सकिने के हो भने ‘देश बनाउाछु’ भन्ने त धेरै छन्, तर कसरी बनाउने भनेर एउटा भिजनमा प्रस्टता भएका नेता अहिलेको समयमा गगन मात्र छन् ।
यदि भदौको सामाजिक विस्फोटको दबाबले पनि विगत तीन दशकदेखि नेतृत्व गरेको अक्षम वृद्ध पुस्ता फेर्न सकेन भने आधुनिक संसारको दोस्रो प्रवाहमा पनि नेपाल फेरि छुट्ने नै छ।
अहिले ओली, देउवा, प्रचण्डको चिन्ता आफूले आफ्नो बनाएको देश ‘अरू’ ले खोसे भन्ने हो, अरू केही होइन, ती ‘अरू’ को हुन् थाहा छ ? ती इतिहासदेखि देश हडपेकाहरूले ‘अरू’ बनाइएकाहरू हुन्।
समग्रतामा प्रायः समाज अगाडि नै बढेका हुन्छन् । नेपालको अहिलेको विडम्बना के भइदियो भने ‘बरु राजा फर्के हुन्थ्यो’ भन्ने यदाकदाका सानातिना सलबलाहटले अहिले विस्थापित गर्नुपर्ने राजनीतिक वर्गलाई नै ‘इम्पाओर’ गरिराखेको छ । जरुरी नीतिगत विषयमा हुनुपर्ने प्रश्न अन्यत्र मोडिएका छन् ।
नेपाली ‘सचेत’ समाज पनि धेरै हदसम्म राजनीतिक शब्दावलीको प्रयोगमा विषाक्त भइसकेको छ, किनकि उसले आफ्नै आँखा अगाडिको पनि देख्न छोडेको छ, यस्ता प्राचीन शब्दभण्डारले बनेको दिमागी संरचनाले अहिलेको समयलाई चाहिने क्षमता के हो भन्ने सोच्ने–बुझ्ने क्षमता नै राख्दैन