तत्कालीन गाउँ पञ्चायतको नाम नै करेन्डाँडा राखिएको भए पनि यो डाँडा धेरै अग्लो थिएन । २०२० को मध्यदशकमा सिद्धार्थ राजमार्गले छिचोलेर गएको यो डाँडामा मेरो घर राजमार्गछेउमै थियो । आफैं डाँडा भएर के गर्नु, घरका पूर्वपट्टि यति अजंगका अरू डाँडा थिए कि ती कति अग्ला थिए भन्ने नै देखिँदैनथ्यो ।
पपुलिस्ट राजनीतिको ‘ट्रेन्ड’ र चरित्रमाथि कुरा गर्दा सुललित सुनिने शब्दहरू प्रयोग गरेर धेरै कुरा भन्न सकिँदैन । यसका लागि कठोर शब्द नै प्रयोग गर्नुपर्छ । संसारका फरक–फरक समाजमा बेला–बेलामा किन ‘पपुलिस्ट’ राजनीतिकर्मीको उदय हुन्छ भनेर बुझ्न सबैभन्दा पहिले मानिस किन राजनीतिमा आउँछ भनेर बुझ्न जरुरी छ ।
अहिले फर्केर हेर्दा, त्यति बेला एक जना राजनीतिक अपरिचितले, बिनाकुनै दलीय समर्थन अकस्मात् उदाएर राजधानी सहरको मेयर पदमा निर्वाचन जित्नु सामाजिक रूपमा रोमाञ्चक घटना थियो ।
अढाई महिनाअघि, मार्च १५ को त्यो तारिख मेरा लागि एक सामान्य दिन थियो । तत्काल गर्दै गरेको काममा दिल नबसेका बेला परेर होला, मनले कुनै परगमन खोजिरहेको थियो । ‘यसो गर्छु’ भनेर सचेत निर्णय गरेको त थिइन, तर के–के न भइहाल्छ कि सोच्दै अनायास फोन झिकेर ट्वीटरमा आँखा डुलाउन थालेको रहेछु । मेरा जोर आँखा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरेको एउटा ट्वीटमा पुगेर अडिए ।
नेपालको राजनीतिक इतिहासमा मदन भण्डारी अधिक मूल्यांकन गरिएका नेता हुन् । नेपाली समाजले दिवंगत व्यक्तिको सार्वजनिक व्यक्तित्वलाई आलोचनात्मक दृष्टिले हेर्ने दुःख गर्दैन ।
एउटा स्वीकारोक्तिसँगै सुरु गरौं । लेख्दा सकेसम्म ‘इन्भर्टेड कमा’ प्रयोग नगरूँं भन्ने नै हो, तर नेपाली ‘क्रान्तिकारी’ हरूले ‘क्रान्ति’ शब्दको यसरी हुर्मत लिएका छन् कि यसलाई खुला छाड्नै नमिल्ने भइसकेको छ ।
अरू विषय विनिर्माण गर्नुपरे बिस्तारै, सोचेर गर्नुहुन्थ्यो, ‘अन्तर्मन’ को आवाज सुन्दै । जब विनिर्माणको विषय नै स्वयम् ‘सोचाइ’ छ भने सोच्न कहाँबाट सुरु गर्ने ? यस्तो अप्ठ्यारो परेका बेला आफ्नै अन्तर्मनलाई सोध्नुहुन्थ्यो । जसलाई ‘अन्तर्मन’ भनिन्छ लेख्न बसेको मूल विषयले त्यो नै बिभरको छ भन्छ ।
निर्वाचन हुनुपर्ने थियो । भयो, सकियो । फेरि पनि शेरबहादुर देउवा, पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीमध्ये एक वा अर्कोलाई पाँच वर्षसम्म पालैपालो प्रधानमन्त्री बन्ने प्राविधिक वैधता दिएको यस निर्वाचनबाट धेरै उत्साहित हुनु भनेको नागरिकका रूपमा आफ्नै आत्मसम्मानलाई चोट पुर्याउनु हो । त्यसैले यसलाई यत्ति भनेर छाडौं- जे नहोस् भन्ने थियो, त्यही हुने भयो ।
मंसिर ४ को निर्वाचन पनि एउटा राष्ट्रिय चाड नै हुनुपर्ने हो तर हुँदै छैन । भ्रष्ट, अयोग्य र प्रतिगामीहरूलाई सत्तामा दोहोरिनका लागि चोख्याउने निश्चित जस्तै देखिएको आगामी निर्वाचनलाई ‘पवित्र लोकतान्त्रिक पर्व’ मान्न मनले मानेकै छैन ।
म १६ वर्षको थिएँ । विश्व पुँजीवाद अहिलेजति आक्रामक भइसकेको थिएन । त्यसैले हुन सक्छ, फेब्रुअरी– १४ को दिनलाई पश्चिमा देशमा ‘भ्यालेन्टाइन्स् डे’ भन्छन् भन्ने मलाई त्यतिबेला थाहा थिएन । तर, सन् १९८९ को फेब्रुअरी १४ अघिल्ला वर्षहरूको भन्दा चर्चित थियो । र, चर्चाको कारण प्रेम नभई ‘घृणा’ थियो ।