२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

प्रमोद मिश्र

प्रमोद मिश्रका लेखहरु :

राजावादीहरूको नपर्ने दाउ

नेपालमा लोकतन्त्रलाई अहिले दुईतर्फबाट खतरा भइरहेको देखिन्छ । एउटा, नेपालका पुराना दलहरूको रवैयाबाट, र दोस्रो, दक्षिणपन्थीहरू (राजावादी र हिन्दु राष्ट्रवादी) बाट । हुन त लोकतन्त्र जहिले पनि संकटमै हुन्छ किनभने यसमा विभिन्न किसिमका स्वतन्त्रता भएकाले वादविवाद, सहमति–असहमति भई नै राख्छ जसले गर्दा लोकले यसलाई सधैं मलजल र हिफाजत गरिराख्नुपर्ने हुन्छ ।

धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता

नेपाल धार्मिक र धर्मनिरपेक्ष दुई किसिमको अतिवादमा फस्दै गएको देखिन्छ । र, यी दुवै अतिवादले मधेशका बहुसंख्यक हिन्दुलाई हिन्दुराष्ट्रवाद — जो धार्मिक अतिवादकै एउटा रूप हो — को दलदलमा फसाउने प्रयास गरिराखेको भान हुन्छ, ताकि केही खास वर्ग र प्रवृत्तिका मानिसको स्वार्थसिद्धि होस् ।

नागरिकता र प्रवासी नेपाली

रवि लामिछाने प्रकरण सेलाएकाले यसबारे ठन्डा दिमागले सोच्ने मौका आएको छ । रवि प्रकरणका दुई पाटा छन् । एउटा, रवि लामिछानेको व्यक्तित्वले जन्माएका समस्याहरू; र अर्को, रवि प्रकरणले जन्माएका विषयहरू । रविको हिरोपन्थी टेलिभिजन प्रस्तुति र त्यसबाट जन्मिएको उनको प्रियतावादी राजनीति एवं रवि प्रकरणले ल्याएको हलचललाई हामीले दीर्घकालीन दृष्टि र दूरगामी प्रभावका रूपमा पनि हेर्नुपर्छ ।

पार्टी होइन, युवा शक्ति

मंसिर ४ गते हुन लागेको चुनावमा एउटा गजबको विरोधाभास देखिएको छ । लोकतन्त्रको इतिहासमा दल भनेको विचारधाराको पुञ्ज र लोकतन्त्र भनेको विभिन्न विचारधारा बोकेका दलहरूबीचको संघर्ष र प्रतिस्पर्धा हो जसको ओलम्पिक भनेको आवधिक चुनावरूपी महापर्व नै हो, जसमा जनता जनार्दनले एउटा विचारपुञ्जलाई जिताउँछन् र अर्कोलाई हराउँछन् । तर यस पटकको चुनावमा लोकतन्त्रको यस्तो मान्यता भत्किएको छ । त्यसैले त मिडिया, पण्डित र नेपालको प्रबुद्ध वर्ग एक किसिमको अन्योलमा छन्, यो के भइराखेको छ भनेर । किनभने विपरीत विचारधारा भएका दलहरू र तिनका नेता गठबन्धनका नाममा एक ठाउँमा उभिएका छन् । यो सब सत्ताप्राप्तिकै लागि हो भनेर दलहरूको सर्वत्र उछित्तो काढिँदै पनि छ ।

मधेशका मेयरहरूलाई खुला पत्र

मधेशका मेयरज्यूहरू,हालै सम्पन्न स्थानीय निर्वाचनमा सफलताका लागि यहाँहरूलाई धेरैधेरै बधाई ! यस निर्वाचनमा कोही विभिन्न पार्टीबाट उठ्नुभयो भने कोही स्वतन्त्र भएर पनि मेयर हुनुभएको छ । यो विविधता हाम्रो लोकतन्त्रको प्रशंसनीय पक्ष हो । अबका पाँच वर्षमा यहाँहरूले आआफ्ना नगर र गाउँपालिकाका सबै जनताको प्रमुख भएर काम गर्नु नै हुनेछ भन्ने हामीलाई विश्वास छ ।

बालेन-उदयको भाष्य

हालै सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूको विजयले, खास गरी सबैतिर हलचल मच्चाउने काठमाडौंमा बालेनको र धरानमा हर्क साम्पाङको जितले एकातिर लोकतन्त्रमा प्रक्रियागत स्वतः परिमार्जन (सेल्फ करेक्सन) हुने सम्भावनाहरू उजागर गरेको छ भने, अर्कातर्फ खतराको घण्टी पनि बजाएको छ । वर्षौंको सार्वजनिक हितका लागि गरेको व्यक्तिगत संघर्ष र प्रचारप्रसारका कारण जनजातिबहुल सहर धरानमा हर्क साम्पाङको जित लोकतन्त्रमा सुखद घटना हो ।

इन्द्रजाल पढिरहेको बालक

म त्यस्तै आठ–नौ वर्षको हुँदो हुँ, जब ममाथि ओझा बन्ने धुन सवार भयो । पूर्वी मोरङको हाम्रो गाउँ वरिपरि भूत–पिसाच (देउ) को जति बिगबिगी थियो, पाठा चोर्ने स्यालजस्तै, त्यति नै गाउँभित्र ओझा धामीहरूको जगजगी । कति त पुस्तैनीदेखि नै ओझागुनी गर्थे । कति अरूसँग सिकेर ओझा र धामी भएका थिए । गाउँ उत्तर केबियानी ‘झार’ मा ‘माहराज थान’ थियो, दुईवटा टिनका होचा छाना र सिकुटे सखुवाका खाँबा भएका खुला चारकुने घर । त्यसको मर्मत सम्भार अनि बर्सेनि पूजा र धामी बसाउने जिम्मा गाउँका दाउनियाँको थियो ।

मधेसी समाजमा पितृसत्ता र पिता

डिसेम्बर २०१९ को मधेस यात्रामा हामीले नेपालको मधेसी समाजमा पितृसत्ता विराजमान रहेको त देख्यौं नै, यस पितृसत्ताभित्र पिताको भूमिका पनि उत्तिकै चाखलाग्दो र जटिल पायौं । झापादेखि कैलालीसम्मको यात्रा गर्दा हामीले महिलासम्बन्धी हरेक सन्दर्भमा पिता उभिएको पायौं ।

मधेसका महिलामा पुस्तान्तरण

नेपाली समाज तातेको छ । पुरानो राजनीतिक व्यवस्था ढलेर गणतन्त्र आएपछि एकातिर सदियौंदेखि दबिएका समुदायका प्रतिनिधिहरू जुर्मुराएर उठेका छन् भने, अर्कातर्फ गाउँघरमा अझ पनि पुरातन सामाजिक ढाँचा छ र यसका हिमायतीहरू प्रत्यक्ष वा परोक्ष, सीधासीधी वा घुमाउरो पाराले पुरानो सामाजिक ढाँचाको बचाउमा लागेका छन् ।