विचारमा सात्विकता र कार्यशैलीमा तात्विकताको रणनीति अवलम्बन गरेका अर्यालको भूमिकालाई मुलुकले विशिष्ट योगदानका रूपमा ग्रहण गर्न आवश्यक छ ।
संक्रमण र अतिक्रमणको संघार नाघेर मुलुक अहिले सुरक्षित तबरले गन्तव्यको स्थिर बिन्दुमा टक्क उभिएको छ । नयाँ संसद् भवनमा रंगरोगन र सरसजावटका काम अहोरात्र जारी छ । मौलिक शैलीमा निर्माण गरिएको संसद्ले भुइँमान्छेका सवाल गुञ्जायमान गराउनेछ ।
अप्रत्याशित र अनपेक्षित आउने परिवर्तनका वेग र वेगभित्रको आवेगलाई समयमै कुशल ढंगले समायोजन र विनियोजन गर्न सकिएन भने त्यसले अर्को भयानक विस्फोटको प्रारूप मात्रै तयार पारेर जान्छ ।
सरकारबाट प्राप्त न्यूनतम वेतन र सेवा–सुविधाकै भरमा आमनागरिकको घरदैलोमा अहोरात्र खटिने प्रहरीका लागि तिनै घरदैलो अब किन बिराना–बिराना छन् ? देशमा प्रहरीको बलिदान र योगदानको किन मूल्यांकन हुँदैन ?
‘कुलिङ अफ पिरियड’ को विषय सरकारको नीति र सेवाको गुणस्तरको अभिवृद्धि एवं व्यावसायिकताको प्रवर्द्धनसँग जोडिएर आएको विषय नै होइन
निर्ममतासाथ तर रीतपूर्वक अनुसन्धान गरिएको अवस्थामा मात्र ठाउँको ठाउँ राजनीतिक आवरणका अपराधीलाई ठेगान लगाउन सकिन्छ
परिवर्तनलाई समय र सान्दर्भिकतासँग जोड्ने नायकको हातमा मुलुक नगएसम्म यो सडक र प्रहरीको कठबाँसको लौरोले विश्राम पाउने स्थितिसमेत बन्ने छाँट देखिँदैन । सबैखाले असन्तुष्टिहरूले एकीकृत र संगठित आकार हासिल नगरुन्जेलसम्म नयाँ लायकको नायक पनि स्थापित हुन सक्ने अवस्था देखिँदैन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच संगठनको कार्यप्रकृति र संगठनका आधारभूत मान्यता र सिद्धान्त अनुरूपको अधिकार क्षेत्रको निर्धारणमा सहमति गर्न आवश्यक छ ।
सरकारको सक्कली अनुहारलाई धुलाम्मे बनाइरहेका ती सडकभित्रका चरम बेथितिका विषय त झनै लज्जाबोधका अनुकरणीय उदाहरण बनेका छन् । हामीकहाँ सडक र सरकार उस्ताउस्तै छन्– सधैं धुल्यामे, हिलाम्मे र दुर्घटनाग्रस्त ।