२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४
युवा ग्यालरी

सन् १९८४ मा आजकै दिन : फेसबुकका सहसंस्थापक जुकरबर्गको जन्म

जेष्ठ १, २०८१

सन् १९८४ मा आजकै दिन (मे १४) मा अमेरिकी कम्प्युटर प्रोग्रामर तथा व्यवसायी मार्क जुकरबर्गको जन्म भएको थियो । उनी सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक हुन् । हाल उनी फेसबुकको प्रमुख कार्यकारी अधि...

दुबईका श्रमिक, इलामका इलमी

दैनिक १२ घण्टा चिया बगानमा रमाइरहन्छन् इलाम–४ जस्बिरेका जयकुमार राई (जेके) । होचो कद, हँसिलो अनुहार र फरासिला उनी रोजगारीका क्रममा सात वर्ष यूएई बसेर फर्केका हुन् । पछिल्लो समय भने उनी जस्बिरे बजारनजिकै चियाको मुना टिप्न र बगान स्याहार्न व्यस्त भेटिन्छन् । चियाखेतीमा रमाइरहेका जेके आफ्नो व्यवसायमा लगनशील त छन् नै, यसको बजार र प्रविधिबारे पनि उत्तिकै जानकार । 

सन् २०१६ मा आजकै दिन : लन्डनमा पहिलो मुस्लिम मेयर 

सन् २०१६ मा आजकै दिन (मे ८) मा बेलायती राजधानी लन्डनको मेयरमा सदिक खान निर्वाचित भएका थिए । लेबर पार्टीबाट उम्मेदवार बनेका खानले कन्जरभेटिभका ज्याक गोल्डस्मिथलाई पराजित गरेका थिए । 

आमाबाट सिकेको सीपले स्वरोजगार

लालझाडी गाउँपालिका–४ मा पर्ने खल्ला जाइँस्थित दोदा नदीको बगर । वरिपरि लौका, काँक्रा, फर्सी र खरबुजा खेती । बगरको बीचमा फुसको छाप्रो । त्यही छाप्रोमुनि डाँडा जाइँकी मन्तुरा राना कपडा सिउने मेसिनमा व्यस्त छिन् ।

सन् २००० मा आजकै दिन : रुसको राष्ट्रपतिमा पुटिन 

सन् २००० मा आजकै दिन (मे ७) मा भ्लादिमिर पुटिनले रुसी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रुसमा २००० मार्च २६ मा भएको चुनावमा पुटिन ५३.४४ प्रतिशत मतसहित विजयी भएका थिए । पुटिनका निकटतम प्रतिद्वन्द्वी गेनाडी ज्युगानोभले २९.४९ प्रतिशत मत ल्याएका थिए । 

‘लापता लेडिज’: घुम्टोभित्र छोपिएको पितृसत्ता

घुम्टोभित्र छोपिएका र उस्तै रातो साडीमा दुई बेहुली रेलको एउटै डब्बामा छन् । यात्राको बीचमै उनीहरू साटिन पुग्छन् । एक बेहुली रेल्वे स्टेसनमै हुन्छे । त्यसपछि सुरु हुन्छ, ‘लापता लेडिज’ फिल्मको रोमाञ्चक कथा । दुईमध्ये एक बेहुली आफ्नो बेहुला र उसको घर खोज्न संघर्ष गर्छे ।

तीन सयलाई आउट गर्ने माही

अन्तर्राष्ट्रिय क्रिकेटबाट महेन्द्रसिंह धोनीले संन्यास लिएको धेरै भइसक्यो । अब त उनी ४२ वर्षका पनि भइसके । अझै आईपीएल खेलिरहेका छन्, चेन्नाई सुपर किंग्सका लागि । जतिजति बेला उनी ब्याटिङका लागि ओर्लिन्छन्, जहाँसुकै खेलेको खेल भए पनि पूरा रंगशाला गुञ्जायमान हुन्छ । सबैले भनिरहेका हुन्छन्– माही, माही । यो कति साह्रो चर्को हुन्छ भने एउटा घटनाले दर्शाउँछ ।

सन् १९९४ मा आजकै दिन : बेलायत–फ्रान्स सुरुङ मार्ग 

सन् १९९४ मा आजकै दिन (मे ६) मा बेलायत र फ्रान्स जोड्ने सुरुङ मार्ग खुला गरिएको थियो । ‘च्यानल टनेल’ नाम दिइएको सुरुङ मार्ग बेलायती महारानी एलिजाबेथ द्वितीय र फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले उद्घाटन गरेका थिए । 

सामाजिक कर्ममा ‘इलाम ग्रिन’

ठीक १२ वर्षअघि अर्थात सन् २०१२ तिर स्थानीय तह कर्मचारीहरूकै अधीनमा थियो । त्यो जनप्रतिनिधिविहीन समयमै पर्यटकीय गन्तव्य इलामलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको शंखघोष भएको थियो । त्यस्तै अभियान अन्य जिल्लाले पनि थालेका थिए तर इलाममा जस्तो अन्त प्रभावकारी हुन सकेन ।

अवधी लोककलामा नयाँ पुस्ता

कपिलवस्तु नगरपालिका–१ की २५ वर्षीया खुश्बु खातुन कपिलवस्तु बहुमुखी क्याम्पसमा एमबीएस अध्ययरत छिन् । मुस्लिम समुदायकी उनी अवध क्षेत्रमा बस्ने भएकाले अवधी संस्कृतिमा कला भर्दै छिन् । उनले दीपावलीमा बहिनीले दाजुभाइलाई टीका लगाइदिँदा भित्तामा टाँस्ने चित्र बनाएकी छन् । हरियो रङको क्यानभासमा उनले चन्द्रसूर्य, कलश, स्वस्तिक छाप, कमलको फूल, धनुष, चौका बेलना र त्रिशूलका चिटिक्कका चित्र कोरेकी छन् । 

स्वदेशमै मोटरबोट

कुनै बेला नेपाली टेलिभिजनहरूमा एउटा विज्ञापन बज्ने गर्थ्यो, ‘हामी पृथ्वी, जल, जमिन र आकाशको  सुरक्षा गर्छौं ।’ एउटा इन्स्योरेन्स कम्पनीको विज्ञापनका यी शब्द लमजुङका विष्णुबहादुर ढकालको अपरिपक्व मस्तिस्कमा मजैले गडे । विज्ञापन सुनेपछि उनी यी सबै काम एउटै कम्पनीले कसरी गर्छ भनेर निकै घोत्लिए ।

सन् १९१३ मा आजकै दिन : भारतमा पहिलो फिचर फिल्म

सन् १९१३ मा आजकै दिन (मे ३) मा भारतमा पहिलो फिचर फिल्म ‘राजा हरिषचन्द्र’ को प्रिमियर गरिएको थियो । फिल्मको बम्बे (हाल मुम्बई) स्थित कोरोनेसन सिनेमामा प्रिमियर गरिएको हो ।

शिक्षामा परोपकारी हात

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की रचना सुनार बालविवाहले जरो गाडेको समुदायमा हुर्किइन् । ६ बहिनी र भाइमध्येकी जेठी हुन् उनी । मध्यम वर्गीय परिवारमा जन्मेहुर्केकी उनलाई पनि अभिभावकले कलिलैमा विवाह गरेर पठाइदिने तयारीमा थिए । १० कक्षामा पढ्दै गरेकी उनी भने विवाहका लागि राजी भइनन् ।

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

‘खामोसी’की मनीषा २८ वर्षपछि ‘हिरामन्डी’मा

यतिबेला अभिनेत्री मनीषा कोइराला साह्रै खुसी छन् । उत्तिकै उत्साहित पनि छिन् । उनी अभिनीत सिरिज ‘हिरामन्डी : द डाइमन्ड बजार’ आज (मे १) देखि रिलिज भएको छ । यसलाई नेटफ्लिक्समा हेर्न सकिन्छ ।

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

‘ननस्टप’ रजनीकान्त

तमिल सुपरस्टार रजनीकान्त जति चर्चित छन्, त्यति नै सरल र उदार । संसारभर करोडौं फ्यान छन् । उनी उमेरले सात दशक नाघिसके । तर फिल्मी क्षेत्रमा अझै पनि निकै सक्रिय । नायक मात्र होइन, चरित्र अभिनेता होस् वा खलनायकको भूमिकामा निकै जम्छन् उनी । पर्दामा भयंकर एक्सन गरिरहेका उनी वास्तवमा भने निकै सरल रजनीकान्तको कुरै बेग्लै । उनको पछिल्लो पिःम याद छ ? त्यसमा उनी जेलर थिए । 

हटडक्समा 'देवी'को वर्ल्ड प्रिमियर

सुविना श्रेष्ठद्वारा निर्देशित डकुमेन्ट्री 'देवी'को हटडक्स क्यानेडियन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको छ । ८० मिनेट लामो यो डकुमेन्ट्री उत्तर अमेरिकाको सबैभन्दा ठूलो फेस्टिभल हट डक्सअन्तर्गतको 'अन्तर्राष्ट्रिय स्पेक्ट्रम डकुमेन्ट्री प्रतिस्पर्धा'मा छनौट भएको हो । 

सन् २०११ मा आजकै दिन : बेलायती राजकुमारको विवाह 

सन् २०११ मा आजकै दिन (अप्रिल २९) मा बेलायती राजकुमार विलियमको विवाह भएको थियो । बेलायती राजगद्दीका उत्तराधिकारी विलियमले क्याथरिन मिडेल्टनसँग विवाह गरेका हुन् ।