कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सन् १९५५ मा आजकै दिन : पोलियोविरुद्ध खोप

काठमाडौँ — सन् १९५५ मा आजकै दिन (फेब्रुअरी २३) मा पोलियोविरुद्ध खोप लगाउन सुरु गरिएको थियो । खोप विकसित गरी परीक्षणपश्चात् आम प्रयोगमा ल्याउन करिब तीन वर्ष लागेको थियो ।

सन् १९५५ मा आजकै दिन : पोलियोविरुद्ध खोप

‘इनएक्टिभेटेड पोलियो भाइरस भ्याक्सिन (आईपीभी) डाक्टर जोनास ई. साल्क नेतृत्वको टोलीले विकसित गरेको थियो । यो हाल पोलियोविरुद्ध लगाइनेमध्येको एक खोप हो । खोप विकास गरेपछि परीक्षणका लागि साल्कले आफूसँगै श्रीमती र तीन छोरालाई लगाइदिएका थिए ।

१९४८ मा पोलियो रोग विश्वभर महामारीका रूपमा फैलिएको थियो । त्यसको करिब ७ वर्षसम्म पोलियोका कारण बर्सेनि करिब पाँच लाख मानिसले ज्यान गुमाएका थिए । खोप लगाउनु अघिसम्म पोलियो बालबालिकामा हुने अपांगताको मुख्य कारक थियो ।

तर १९५५ मा आईपीभी खोप ठूलो संख्याका स्कुले विद्यार्थीलाई दिइएको थियो । जसका कारण पोलियो संक्रमण करिब दुई प्रतिशतमा झरेको थियो । त्यसको ६ वर्षपछि १९६१ मा अल्बर्ट बी. सबिनले पोलियोविरुद्धको दोस्रो खोप विकसित गरेका थिए । १९६३ मा तेस्रो खोप प्रयोगमा आएको थियो ।

प्रकाशित : फाल्गुन ११, २०८० १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×