कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

आजकै दिन : अमेरिकाद्वारा इराकमा ‘स्मार्ट बम’ प्रहार

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (फेब्रुअरी १३) मा अमेरिकाले इराकमा दुईवटा ‘स्मार्ट बम’ प्रहार गरेको थियो । इराकी राजधानी बग्दादलाई लक्षित गरी प्रहार भएका बम प्रहारका कारण कम्तीमा ४ सय ८ जनाको ज्यान गएको थियो । 

आजकै दिन : अमेरिकाद्वारा इराकमा ‘स्मार्ट बम’ प्रहार

खाडी युद्धका क्रममा ‘अपरेसन डेजर्ट स्ट्रोम’ अन्तर्गत अमेरिकी सेनाले ती बम प्रहार गरेको थियो । १९९० को दशकमा इराक र अमेरिका नेतृत्वका ४२ देशहरूबीच खाडी युद्ध चलेको थियो । त्यसक्रममा अमेरिकाको नेतृत्वमा इराकविरुद्ध दुई चरणमा आक्रमण गरिएको थियो ।

पहिलो चरणको ‘अपरेसन डेजर्ट सिल्ड’ १९९० को अगस्टदेखि १९९१ को जनवरीसम्म चलेको थियो । १९९१ को जनवरी १७ देखि चलेको दोस्रो चरणको ‘अपरेसन डेजर्ट स्ट्रोम’ कुवेत मुक्त भएसँगै १९९१ को फेब्रुअरी २८ मा अन्त्य भएको थियो । इराकी राष्ट्रपति सद्दाम हुसेनले १९९० को अगस्ट २ मा कुवेतमा आक्रमण गरेका थिए । त्यसको दुई दिनमै इराकले कुवेतमाथि नियन्त्रण कायम गरेको थियो । जसका कारण साउदी अरब र इजिप्टले अमेरिका र पश्चिमी देशलाई हस्तक्षेपका लागि आग्रह गरेका थिए ।

तनावबीच राष्ट्रसंघीय सुरक्षा परिषद्ले कुवेतबाट सेना फिर्ता गर्न गरेका आग्रह इराकले अस्वीकार गरेपछि अमेरिकाले आक्रमण सुरु गरेको थियो । कुवेतमाथि आक्रमण गर्नेमध्ये अधिकांश सैनिकले आत्मसमर्पण गरेका थिए भने केही मारिएका वा भागेर इराक फर्केका थिए । युद्धका कारण कम्तीमा एक लाख सर्वसाधारणले ज्यान गुमाएका थिए ।

प्रकाशित : फाल्गुन १, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?