कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु

काठमाडौँ — इजरायली सेनाले वेस्ट बैंकको शरणार्थी शिविरमा भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।  इजरायली सेनाका प्रवक्ताले मंगलबार राति भएको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।

इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनी नागरिकको मृत्यु

सेना र अर्धसैनिक सीमा पुलिस बलहरूले हतियारसहित तुलकर्म सहरनजिकै नुर शाम्स शरणार्थी शिविरमा छापा मारेका थिए । शंकास्पद व्यक्ति शरणार्थी शिविरमा लुकेको आशंकामा सेनाले छापा मारेको थियो ।

इजरायल र प्यालेस्टाइनबीच सन् २०२२ देखि हिंसा बढ्दै गएको छ । अहिलेसम्म २२६ प्यालेस्टाइन, ३२ इजरायली र एक जना युक्रेनी नागरिकको मृत्यु भइसकेको छ ।

प्रकाशित : भाद्र २०, २०८० १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?