१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सन् २०१३ का उत्कृष्ट

लीलानाथ घिमिरे

काठमाडौ — सन् २०१३ ले हामीसँग विदा माग्दै गर्दा सूचना प्रविधिका क्षेत्रमा केही निकै उपयोगी आविस्कारहरु उपहारका रुपमा छाडेर जादैछ । यस बर्ष ग्याजेटका लागि निकै महत्वपूर्ण सावित भयो ।

प्रविधिको विकासले केही नया परिवर्तनहरु पनि देखिए । स्मार्टफोन उत्पादक कम्पनीहरुले आफ्ना नया उत्पादनमा फरक खालको प्रयोग गरे । एप्पल, सामसङ, सोनी, एलजी, एचटिसी, ब्ल्याकबेरीलगायतका स्मार्टफोन उत्पादक कम्पनीले एक भन्दा अर्कोले महत्वाकांक्षी हयाण्ड सेट बजारमा ल्याए । मोवाइल फोनबाहेक, ल्यापटप, ट्याब्लेट, किन्डल, टिभी, क्यामेरा, स्मार्टवाच, प्ले स्टेसनलगायतका डिभाइसमा केही नया विशेषता थपिएका छन् । कतिपय डिभाइस एउटैले धेरै काम गर्न थालेका छन् । उत्पादक कम्पनीले तिनलाई छिटो चल्ने बनाउन प्रोसेसरको क्षमता उत्कृष्ट बनाएका छन् । नेपालीको लोडसेडिङमा समेत उपयोगी हुने गरि तिनीहरुले ब्याट्रीको क्षमता बढाएका छन् । कतिपयले ग्याजेटलाई स्टाइलिस्ट बनाएका छन् ।
ग्याजेट क्षेत्रमा मात्र हैन, सूचना प्रविधिको समग्र क्षेत्रमा निकै परिवर्तन आएको छ । नेपाली भाषालाई अन्तराष्ट्रिय मञ्चमा पुर्‍याउने गरी गुगलले नेपालीमा ट्रान्सलेट सेवा सुरु गरेको छ । ट्वीटरले आइपिओ बजारमा गएर कुरुस्त कमाइ गरेको छ । विश्व बजारमा कस्ता ग्याजेट भित्रिए त यस बर्ष ? प्रविधिप्रेमी र अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा सन २०१३ मा आएका उत्कृष्ट ग्याजेटहरुको सूची हेल्लो शुक्रबारका पाठकहरुका पस्किने प्रयास गरि एको छ ।
सामसङ ग्यालेक्सी नोट थ्री
स्मार्टफोन उत्पादनमा विश्वको नम्बर १ कम्पनी सामसङले यस बर्ष ल्याएको नोट थ्रीले अरु सबै ग्याजेटलाई पछि पार्‍यो । यसमा २.३ गिगाहर्जको प्रोसेसर, ३ जिवि र्‍याम र ५.७ इन्चको स्त्रिmन छ । उत्कृष्ट विशेषताहरुले गर्दा यसले प्रयोगकर्तालाई निकै रोमाञ्चक अनुभूति दिन्छ । यसमा १३ मेगापिक्सेलको क्यामेरा छ । सामसङले यसलाई स्मार्ट वाच ग्यालेक्सी गियरमार्फत हातबाटै चलाउने ब्यवस्था मिलाएको छ । नेपालमा ग्यालेक्सी नोट ३ को मूल्य ९१ हजार ५ सय रुपैया छ ।
आइफोन ५ एस
एप्पलले आइफोनका पहिला सस्करणलाई परिस्कृत गर्दै सेप्टेम्बरमा ल्याएको फाइभ एस ग्याजेट प्रेमीलाई अर्को उत्कृष्ठ उपहार हो ।   यसमा एप्पलको ए ७ प्रोसेसर, ४ इन्चको स्क्रिन छ । फिंगर पि्रन्ट फिचर भएकाले सुुरक्षामा निकै ध्यान दिइएको छ । यसको मूल्य कम्पनीले करिव ८५ हजार रुपैया तोकेको छ ।
नेक्सस ५
गुगलले बजारमा ल्याएको नेक्सस ५ मा एन्ड्रोइड ओएस चलाउनुको मजै बेग्लै हुन्छ । स्मार्टफोन चलाएर रमाउनेहरुलाई यसले भरपुर आनन्द दिने प्रविधिविज्ञको दावी छ । एलजी बनाएको यस हार्डवेयरमा किटक्याट अपरेटिङ सिस्टम छ । यसमा ४.९५ इन्चको स्त्रिmन, पावरफुल क्वाडकोर प्रोसेसर छ । क्यामेरा हाइइन्डको भए पनि मूल्य अरु कम्पनीका स्मार्टफोनको भन्दा थोरै करिव ४६हजार रुपैया मात्रै छ ।
नोकिया लुमिया १५२०
बजारमा गिर्दै गएको साख उकास्न नोकियाले ल्याएको लुमिया प्रविधिप्रेमीलाई अर्को उत्कृष्ट उपहार बन्न पुुगेको छ । यसको २.२ गिगाहर्जको क्वाडकोर स्न्यापड्रागन प्रोसेसर, ६ इन्चको डिस्प्ले, २० मेगापिक्सेलको पि्रभ्यु क्यामेरा, फूल एचडी भिडियो रेकर्डिङ, ४ डाइरेक्सनल माइक, विल्टइन माइक्रोसफ्ट अफिस, ३४ एमएएचको पावरफुल ब्याट्रीले फ्याब्लेट चलाउनुको आनन्द दिन्छ । यसको अन्तराष्ट्रिय बजार मूल्य ७५ हजार रुपैया छ ।
किन्डल फायर एचडिएक्स  
प्रसिद्ध कम्पनी अमेजनले अक्टोबरमा बजारमा ल्याएको किंडल फायर एचडिएक्स पुस्तकमात्र पढ्ने सुरुको किन्डलको स्मार्ट रुप हो । यसलाई कम्प्युटर कम ट्याब्लेटका रुपमा प्रयोग गर्न सकिन्छ । न्युज पेपर, म्यागजिन पढ्ने, इन्टरनेट चलाउनेहरुका लागि यो डिभाइस निकै उपयोगी छ । यसको स्त्रिmन ३ सय ३९ पिक्सेल प्रतिइन्च क्लालिटीको भएकाले आखालाई कुनै दवाव नदिइ मजाले पढ्न सकिन्छ । यसको अन्तराष्ट्रिय बजारमा करिव २० हजार रुपैया पर्छ ।
सामसङ एफ ८००० टिभी
कोरियाली कम्पनी सामसङले अक्टोबरमा बजारमा ल्याएको ४६ इन्चको यो टिभीमा लाइभ टिभी रेकर्डिङ, थि्रडी साउन्ड क्वालिटी, उत्कृष्ठ भिडियो क्वालिटीलगायतका विशेषता छन् । आवाज र हाउभाउ (गेस्चर) बाट नियन्त्रण गर्न सकिने यस टिभीको रिजोल्युसन ९२० गुणा १०८० छ । इन्टरनेट कनेक्टिभीटी, मल्टिमिडिया फाइल स्टि्रमिङ सुविधा भएको यसमा क्वाड कोर प्रोसेसर छ । कम्पनीले यसको बजार मूल्य १ लाख ८० हजार रुपैया तोकेको छ ।
गुगल क्रोमबुक पिक्सेल
आफ्नो अपरेटिङ सिस्टम क्रोमबाट चल्ने गुगलको क्रोमबुक पिक्सेल इन्टरनेट चलाउनेहरुका लागि ल्यापटपभन्दा फरक खालको डिभाइस हो । फोर जि कनेक्टिभिटी, टचस्त्रिmन सुविधा भएकाले यसलाई ट्याब्लेटका रुपमा प्रयोग गर्न सकिन्छ । यसको आफ्नै एप्स स्टोर छ, जहा ३० हजारभन्दा बढी एप्स छन् । इन्टरनेटमा जोडिएपछि क्लाउडमा रहेका एप्सहरुमार्फत इन्टरनेट, सामाजिक संजाल, वर्ड प्रोसेसिङ, अनलाईन फोटो एडिटिङ, भ्वाइस/भिडियो च्याट गर्न, गेम खेल्न सकिन्छ । इन्टेल कोर आइ ५ प्रोसेसर, ४ जिवि र्‍याम भएको यो डिभाइस ३२ र ६४ जिवि स्टोरेजमा उपलब्ध छ । गुगलले यसको मूल्य १ लाख ४० हजार रुपैया तोकेको छ ।
माइक्रोसफ्ट सर्फेस प्रो टु
कम्प्युटर ओएस विकासकर्ता माइक्रोसफ्टले अक्टोबरमा ल्याएको सर्फेस प्रो टु विन्डोज ८ अपरेटिङ सिस्टमले चल्ने ट्याब्लेट हो । यसमा इन्टेलको आइफाइभ १.६ गिगाहर्जको प्रोसेसर, १०.६ इन्चको स्क्रिन, फूल एचडि मल्टिटच डिस्प्ले छ । यसको इन्टरनल मेमोरी ६४ जिवि र १सय २४ जिवि छ । कम्पनीले यसको मूल्य ९५ हजार रुपैया तोकेको छ । सार्बजनिक हुनुअघि यसको निकै माग आएको थियो ।
आइप्याड एयर/आइप्याड मिनी (रेटिना डिस्प्ले)
चर्चित कम्पनी एप्पलले आफ्ना आइप्याडका अघिल्ला भर्सनमा सुधार गर्दै ७.५ एमएम पातलो र आधा किलोभन्दा कम तौलको आइप्याड ल्याएको हो । एप्पलको ए ७ प्रोसेसर भएको यसमा १० घन्टाको ब्याट्री ब्याकअप छ । यसको बजार मूल्य ६० हजार रुपैया छ । यस्तै एप्पलले ल्याएको रेटिना डिस्प्लेयुक्त आइप्याड मिनी पनि यस बर्ष निकै लोकपि्रय भयो । कम्पनीले १६, ३२ र ६४ जिवि मेमोरीमा उपलब्ध गराएको यस डिभाइस सार्पडिस्प्लेका कारण निकै आकर्षक देखिएकाले धेरैले मन पराए । यसको मूल्य ६५ हजार रुपैया छ ।
एचटिसी वन
ताइवानी कम्पनी एचटिसीले सन ३०१३ को मार्च यता एचटिसी वन स्मार्टफोनलाई तिन फरक आकारमा ल्याएको छ । यसमा १.७ गिगाहर्जको प्रोसेसर, २ जिवि र्‍याम, ३२ जिवि र ६४ जिवी मेमोरी, ४.७ इन्चको गोरिल्ला  स्क्रिन छ । यसको बजार मूल्य ७० हजार रुपैया छ ।  
एक्स बक्स वन
माइक्रोसफ्टले नोभेम्बरमा ल्याएको गेमिङ कन्सोल एक्स बक्स वनले खेलप्रेमिलाई निकै रोमान्चित बनायो । यसमा ५ सय जिवि स्टोरेज, ८ जिवि र्‍याम भएको यस बक्सले ३० फ्रेम प्रति सेकेन्डका दरले ७ सय २० पिक्सेलका दरले भिडियो आउटपुट दिने यसको क्षमता छ । अन्तराष्ट्रिय बजारमा यसको मूल्य करिव ५० हजार रुपैया छ ।
 

प्रकाशित : पुस १३, २०७० १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?