कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आर्टिफिसियल इन्टेलिजेन्स

रोशन अधिकारी

काठमाडौ — सूचना प्रविधि दिनदिनै परिवर्तन हुँदैछ । मोबाइल स्माट भएपछि यस्ता परिवर्तन अझ छिटो हुन थालेका छन् । सन् २०१३ को अन्त्यतिर आउँदा यो वर्ष के कस्ता प्रविधि र उपकरणले ठूला परिवर्तन ल्याए भन्ने चर्चा पनि सुरु भएको छ ।

सूचना प्रविधि दिनदिनै परिवर्तन हुँदैछ । मोबाइल स्माट भएपछि यस्ता परिवर्तन अझ छिटो हुन थालेका छन् । सन् २०१३ को अन्त्यतिर आउँदा यो वर्ष के कस्ता प्रविधि र उपकरणले ठूला परिवर्तन ल्याए भन्ने चर्चा पनि सुरु भएको छ । विभिन्न विश्लेषकले आ-आफ्ना तर्क यसमा प्रस्तुत गर्न थालेका छन् । १ सय १४ वर्ष पुरानो संस्था एमआईटीले पनि २०१३ का प्रमुख प्राविधिक परिवर्तनमा आर्टिफिसियल इन्टेलिजेन्समा भएका विकासलाई प्राथमिकता दिएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् प्रविधि जसमा 'बाठो' सफ्टवेयर वा मेसिन बनाइन्छ । यो शब्द सूचना प्रविधि क्षेत्रमा सुनिन थालेको केही वर्ष बितिसकेको छ । ठीक टाइममा उत्तर दिने र भाषा बुझ्ने प्रविधिको विकास हुन थालेपछि अब दिमाग पनि उत्पादन हुन थाल्ला भन्ने विचार अघि बढेको छ ।
अमेरिकी लेखक र आविष्कारक रे क्रुजविलले चालेका कदमले पनि यो वर्ष चर्चा पाउन योग्य काम गर्‍यो । उनले गुगलका प्रमुख कार्यकारी अधिकृत ल्यारी पेजलाई भेटेपछि यो क्षेत्रमा ठूलै विकास होला भन्ने आशा धेरैमा पलाउन थालेको हो । क्रुजविलले 'हाउ टु क्रिएट ए माइन्ड' भन्ने पुस्तक र त्योसँगै भाषा बुझेर आफैं निर्णय लिन सक्ने मेसिन बनाउने कुरा गुगलसमक्ष राखेका छन् । ज्यादै ठूलो परिवर्तनकै तयारी भएर होला कतै काम नगरेका क्रुजविलले पनि गुगलमा जागिर खान थाले । धेरै सोचिरहनु नपर्ने देखेरै होला क्रुजविलले पनि गत जनवरीदेखि गुगलमा इन्जिनियरिङको निर्देशक पद सम्हाल्न भ्याएका छन् । 'यो मेरो आर्टिफिसियल इन्टेलिजेन्समा खर्च भएको ५० वर्षको सारांश हो,' उनले भनेका छन् ।
क्रुजविलको यो कदम किन पनि महत्त्वपूर्ण भयो भने गुगलजस्तो इन्टरनेटको तथ्यांक भएका अन्य कुनै पनि कम्पनी छैनन् । गुगलका सबै तथ्यांक एउटै दिमागमा राख्ने र त्यसलाई प्रयोग गर्न थाल्ने हो भने गर्न नसकिने कुरा सायदै कम होलान् । गुगल आफंैले पनि डिप लर्निङ ब्रान्डबाट सुरु गरेको आर्टिफिसियल इन्टेलिजेन्सको कामले पनि धेरैलाई आकषिर्त गरेको हुनुपर्छ । कम्पनीको डिप लर्निङ सफ्टवेयरले आवाज, तस्बिर र अन्य डाटालाई छुट्याएर अध्ययन गर्न थालिसकेको छ ।
गएको जून महिनामा मात्रै गुगलको डिप लर्निङ प्रणालीलाई देखाइएको १ करोड तस्बिरलाई युट्युबमा भिडियोसँग जाँच गरिएको थियो । जसमा अघिल्ला परीक्षणभन्दा दोब्बर सफलता मिलेको समाचार सार्वजनिक भएका थिए । गुगलले नै 'स्पिच रिकग्निसन' लाई एन्ड्रोइडको नयाँ संस्करणमा सुधार गरेर राखेको छ ।

पूरा पपढन यहाँ क्लिक गर्नुहोस्




प्रकाशित : पुस ३, २०७० ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?