कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

न्यु होराइजन क्रिकेट क्लबको जित

सन्जु पौडेल

तिलोत्तमा — ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वान–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन 'ए' को ग्रुप ''ए' को खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । सिद्धार्थ क्रिकेट मैदानमा सोमबार भएको खेलमा न्यु होराइजनले नेपथ्य तिलोत्तमा मणिग्रामलाई २ विकेटले पराजित गरेको हो ।

न्यु होराइजन क्रिकेट क्लबको जित

टस जितेर पहिलो ब्याटिङ गरेको तिलोत्तमाले निर्धारित ५० ओभरमध्ये ४९.४ मा अलआउट हुँदै १८९ रनको स्कोर बनायो । ब्याटिङमा तिलोत्तमाका खेलाडी कृष्ण कार्कीले ३८, स्वस्तिक पराजुली र विकल अधिकारीले १९/१९, सन्दिप यादब तथा रोशन घिमिरेले १३/१३ रनको योगदान दिए । तिलोत्तमालाई ३४ रन अतिरिक्तको रुपमा प्राप्त भएको थियोे।

बलिङमा होराइजनका निरज घिमिरेले ३, प्रिन्स पाल र महेस भारले २/२ र सुमित पराजुली १ विकेट लिएका थिए। प्रतिउत्तरमा १९० रनको विजयी लक्ष्यको साथ ब्याटिङमा आएको होराइजनले ३९.३ ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा जित हासिल गर्‍यो ।

ब्याटिङमा होराइजनको तर्फबाट अमर मिश्राले ३६, सुमित पराजुलीले २९ रन नट आउट, राहुल भण्डारीले २४, महेस भारले २२, निश्चल ज्ञवालीले १९ , बाबुराम क्षेत्री र विप्रसन केसीले १६/१६ रन जाेडे। होराइजनलाई २९ रन अतिरिक्तको रुपमा प्राप्त भयो । तिलोत्तमाको तर्फबाट बलिङमा आशुतोष पाण्डे, कृष्ण भुसाल र सागर भण्डारीले २/२, लक्ष्मण कुमालले १ विकेट लिएका थिए।

उक्त खेलको प्लेयर अफ दि म्याच होराइजनका निरज घिमिरे घोषित भए। मंगलबार को खेल ग्रुप 'ए' अन्तर्गत लिगको अन्तिम खेल मेलबोर्न क्रिकेट क्लब भैरहवा र देबदह क्रिकेट युनिट देबदह बीच हुने छ। उक्त खेलमा हार्ने क्लब 'ए' बाट 'बि' मा घटुवा हुनेछ ।

प्रकाशित : वैशाख ३, २०८१ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×