कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

धावक पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ — नेपालका धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । यस संस्करणको लन्डन म्याराथन अप्रिल २१ मा सुरु हुँदैछ । 

धावक पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण विजेता पार्कीले यस पटक नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका हुन् । त्यसका लागि धावक पार्की शुक्रबार बेलायत प्रस्थान गर्दैछन् ।

बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीलगायतले पार्कीलाई बिदाइ गरे । उनी नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै लन्डन म्याराथनका लागि छनोट भएका हुन् । नेपालगन्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । उनी एपिएफका खेलाडी हुन् ।

लन्डन म्याराथनको विभिन्न विधामा गरेर ५ लाख ६० हजार मानिस दौडनेछन् ।

प्रकाशित : चैत्र २८, २०८० १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?