कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स 

रुपा गहतराज

नेपालगन्ज — खेल प्रतियोगितामा कोचको अभाव तथा खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले बाँकेको कोहलपुरमा चार दिने तालिम सञ्चालन गरिएको छ । २०५२ सालमा जिल्ला फुटबल संघ स्थापना भएपछि पहिलो पटक बाँकेमा 'एन्फा कम्युनिटी कोचिङ कोर्स' भएको हो । 

बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स 

कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा भएको 'डी’ लाइसेन्सको उक्त कोचिङ कोर्समा सहभागीलाई जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की र कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्कीले तालिममा सिकेका कुरालाई अरूलाई सिकाउँदै खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । साथै उनले कोहलपुर खेलकुदको हवका रुपमा विकसित हुँदै गएको बताउँदै यस्ता कोर्षले खेलकुद क्षेत्रको विकासमा थप टेवा पुग्ने सुनाइन् ।

मेयर आचार्यले यस्तो प्रशिक्षण कार्यक्रमले खेल क्षेत्रको विकासमा सघाउ पुर्‍याउने बताए ।

चार दिनसम्म कोहलपुरको १३बिघामा सञ्चालन भएको तालिमलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिएका थिए । कार्यक्रममा बाँके, बर्दिया, पर्वत, दाङ, कपिलवस्तु कञ्चनपुरलगायत ६ वटा जिल्लाका ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसीले बताए ।

प्रकाशित : फाल्गुन २२, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?