कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृष्णमोहन स्मृति ब्याडमिन्टन : शीर्ष खेलाडी विजयी

काठमाडौँ — हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा मंगलबार १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता–२०८० को पुरुष एकलतर्फ आयोजक एपीएफका प्रिन्स दाहालले आर्मीका कविर केसीलाई २१–७, २१–१२ ले पराजित गरी क्वाटरफाइनल तय गरेका छन् ।

कृष्णमोहन स्मृति ब्याडमिन्टन : शीर्ष खेलाडी विजयी

त्यस्तै देवराज रानाले पुलिसका हरि राईलाई २१–१३, २१–१० ले, आर्मीका रुकेश महर्जनले एपीएफका अमन महर्जनलाई २१–१७, २१–१७ ले, पुलिसका सुनील जोशीले भोजपुरका विशाल तामाङलाई २१–११, २१–१३ ले, एपीएफका क्षितिज खनालले कैलालीका चन्द्रिका कथरीलाई २१–१३, २१–१३ ले, पुलिसका जीवन आचार्यले आर्मीका नरेन्द्र बमलाई २१–१६, २१–१९ ले, पुलिसका पूर्णबहादुर थापाले एपीएफका प्रनिशसिंह ठकुरीलाई १८–२१, २१–१८, २१–१७ ले र पुलिसका विष्णु कटुवालले एपीएफका भोजबहादुर गुरुङलाई १०–२१, २१–१८, २१–१७ ले पराजित गरी क्वाटरफाइनल तय गरेका छन् ।

महिला एकलतर्फ भोजपुरकी नङ्सलदेवी तामाङले कस्तुरी कलेजका सीमा राजवंशीलाई २१–१२, २१–१६ ले, एपीएफकी जेसिका गुरुङले आर्मीका रिहाना शेरचनलाई २१–८, २१–६ ले, आर्मीका अनुमाया राईले एपीएफकी रिना तामाङलाई २१–१७, २९–२७ ले, एपीएफका सुनैना मुखियाले आर्मीकी विष्णा विष्टलाई १६–२१, २१–१३, २१–१८ ले, एपीएफकी शोभा गौचनले आर्मीकी सिस्ना सिर्पालीलाई २१–१३, २१–१३ ले, आर्मीकी अमिता गिरीले काभ्रेकी सायरा प्रधानलाई २१–५, २१–३ , पुलिसकी नीता लम्सालले सर्लाहीकी निकिता लामालाई २१–१२, २१–१७, आर्मीकी रसिला मर्हजनले एपीएफकी अञ्जना राईलाइ २१–११, २१–१२ ले पराजित गरेका छन् ।

ब्वाइज यू–१२ तर्फ आर्मीका सुदेश राजकोटी, कैलालीका आदित्य चौधरी, एपीएफका सफल भुजेल, आर्मीका रिजन मगर, एपीएफका आरुष सिम्खडा विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?