कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सीलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेड

एएफपी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई सजिलै ४–१ ले पराजित गर्दै अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

चेल्सीलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेड

युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे ।

यो जितपछि युनाइटेड लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । अर्कोतर्फ व्यवस्थापकका रूपमा फ्रायन्क लाम्पार्ड फर्केयता चेल्सी १० खेलमध्ये आठौंमा पराजित रह्यो ।

एरिक टेन हाग व्यवस्थापकका रूपमा युनाइटेडमा आएयता भने क्लबको प्रदर्शन उच्च रहेको छ । यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ । उसले अब एफएपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दै छ ।

प्रकाशित : जेष्ठ १२, २०८० ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?