कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आजदेखि

रमेशचन्द्र अधिकारी

धनकुटा — १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता बुधबार अपराह्नदेखि धनकुटाको तल्लो टुडिखेलमा सुरु हुँदै छ । नेपाल र भारतका आठ समूहको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेल आयोजक टिम धनकुटा र विराटनगरको पेमा युवा क्लबबीच हुने आयोजकले जनाएको छ । 

भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आजदेखि

प्रतियोगितामा भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुडी, प्लानिङ ब्वाइनज क्लब काठमाडौं, राष्ट्रिय जागृती फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब, एपीएफ काठमाडौं, वीरगन्ज युनाइटेड, आयोजक टिम धनकुटा र विराटनगरको पेमा युवा क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बुधबार दिउँसो २ बजे गर्ने प्रचारप्रसार समितिका संयोजक विदुर खवासले जानकारी दिए ।

सहिद भीमनारायण गोल्डकप फुटबल २०५५ सालदेखि सञ्चालन हुँदै आएको संस्थापक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । प्रतियोगिता आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : वैशाख २७, २०८० ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?