कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५१ हजार रुपैयाँसहित रोहित पौडेल सम्मानित

नवीन पौडेल

परासी — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

५१ हजार रुपैयाँसहित रोहित पौडेल सम्मानित

विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै आफ्नो गृहनगर र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद र सम्मान पत्र प्रदान गरीएको हो ।

पौडेल नेतृत्वमा रहेको टोलीले नेपाल र नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन सफल भएको खुसीयालीमा सम्मान गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।

पौडेल बर्दघाट नगरपालिका वडा नम्बर–१४ बुद्ध बस्तिका स्थायी बासिन्दा हुन् । सोमबार गृहजिल्ला आएका पौडेललाई क्रिकेट संघ, खेलकुद विकास समिति, जेसिज, रोटरी, क्षेत्री समाजलगायत विभिन्न संघ सस्थाले सम्मान गरेका छन् ।

प्रकाशित : चैत्र ७, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?