कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफको दोहोरो जित

गण्डकी — तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश पराजित भएको छ । सोमबार एपीएफ क्लबले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले २५–११, २५–१९, २५–१६ को सेटमा जित पायो । एपीएफकी सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् । राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व रहेको एपीएफसामु गण्डकीको टोली निरीह देखिएको थियो ।

एपीएफको दोहोरो जित

अनुभवीएपीएफ टिम गण्डकीका खेलाडीको समन्वय अभाव र अनुभवको कमीको फाइदा उठाउँदै खेल जित्न सक्यो । गण्डकीले ३ विदेशी खेलाडी खेलाएको थियो । तर, विदेशी खेलाडीको प्रदर्शन उल्लेख्य रहन सकेन । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा उत्रिएको गण्डकीको टोलीमा खेलाडीबीच समन्वय अभाव देखिन्थ्यो ।

गण्डकीको महिला टोलीले मंगलबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । सोमबारै पुरुषतर्फ साबिक विजेता त्रिभुवन आर्मी क्लब विजयी बनेको छ । आर्मीले श्रीलंकाको टोली सेन्ट जोसेफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित आर्मीले सेन्ट जोसेफमाथि २५–२०, २५–१७, २५–१० को सहज जित दर्ता गरेको हो ।

अर्को खेलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–१९, २१–२५, २५–१९, २५–१८ को सेटमा हराएको हो । एपीएफको दोस्रो जितमा टेकराज अवस्थी र विजय थापा नायक बने ।

प्रतियोगितामा मंगलबार महिलातर्फ एपीएफ र न्यु डायमन्ड तथा त्रिभुवन आर्मी क्लब रे गण्डकी प्रदेश तथा पुरुषतर्फ नेपाल पुलिस क्लबले सेन्ट जोसेफसँग खेल्दा घरेलु टिम गण्डकीले एपीएफको सामना गर्नेछ ।

प्रकाशित : माघ १०, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?