कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मैदान स्तरोन्नतिको ९२ लाख फिर्ता

माधव अर्याल

पाल्पा — युवा तथा खेलकुद मन्त्रालयले गत आर्थिक वर्षमा मैदान स्तरोन्नतिका लागि ३ करोड ४८ लाख रकम जिल्लामा अख्तियारी पठाए पनि ९२ लाख ३५ हजार रुपैयाँ फिर्ता भएको छ । खेलमैदान निर्माण स्रोत सुनिश्चितता कार्यक्रमअन्तर्गत यो रकम जिल्लामा भित्रिएको हो ।

मैदान स्तरोन्नतिको ९२ लाख फिर्ता

आर्थिक वर्षको अन्तिममा रकम आएकाले अधिकांश विद्यालय, क्लब, समुदायले काम गर्न नसक्दा बजेट फिर्ता भएको जिल्ला समन्वय समितिले जनाएको छ । 

विभिन्न विद्यालय तथा युवा समूहका लागि ४ देखि १० लाख रुपैयाँसम्म बजेट आएको थियो । जिल्ला समन्वय समितिका अनुसार निकासा असारमा मात्रै भएकाले अधिकांशले काम गर्न नसक्दा ठूलो बजेट फिर्ता गएको हो । यम्घाको भगवती निमाविमा खेलमैदान निर्माण तथा सोही गाउँमै भलिबल खेलमैदान निर्माण गर्न चार/चार लाख रुपैयाँ आएको थियो । कालिका माविको खेलमैदान निर्माण गर्न पालुङमैनादी र भगवती मावि खेलमैदान निर्माणका लागि सोमादीका लागिसमेत पाँच/पाँच लाख बजेट आएको हो । 

कचलको देवीस्वारी मावि खेलमैदान निर्माण र तानसेनको पद्म पब्लिक मावि खेलमैदान निर्माण गर्न पनि पाँच/पाँच लाख बजेट आएको थियो । जिल्ला समन्वय समितिका अनुसार भलायटार युवा समूह रामपुर नगरपालिका ३ मा भलायटार खेलमैदान निर्माण गर्न १० लाख आएको हो । कसेनीको फुटबल मैदानका साथै स्टेडियमसहित खेलमैदान निर्माण गर्न ८ लाख बजेट आएको थियो ।

तिनाउ गाउँपालिकाअन्तर्गत दोभान र कचलको साबिक ६ मा खेलमैदान निर्माण गर्न पाँच/पाँच लाख बजेट आएको थियो । तिनाउकै कोलडाँडामा खेलमैदान निर्माण गर्नसमेत पाँच लाख आएको हो । तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माको पहलमा यहाँ स्रोत सुनिश्चितता कार्यक्रमअन्तर्गत खेलकुदका लागि बजेट परेको हो । साबिकको सिद्धेश्वर ६ मा खेलमैदान बनाउन १० लाख बजेट आएको थियो । यस्तै, बगनासकाली गाउँपालिकाअन्तर्गतको चापपानीस्थित सतिघा भलिबल खेलमैदान निर्माण साथै कटौजेपानी खेलमैदान निर्माणका लागि पाँच/पाँच लाख बजेट विनियोजन भएर आएको थियो । 

निस्दी गाउँपालिकाअन्तर्गत साबिकको गल्धा ३ मा खेलमैदान निर्माणका साथै बगनासकालीको पोखराथोकस्थित कमेरेघारी खेलमैदान निर्माणका लागिसमेत पाँच/पाँच लाख रुपैयाँ निकासा भएको थियो । यस्तै, रैनादेवी छहराअन्तर्गतको रैनादेवी मावि खेलमैदान भुवनपोखरीका लागि १० लाख बजेट विनियोजन भएको थियो । तानसेनको देववाणी मावि खेलमैदान, भैरव जनता माविमा खेलमैदान निर्माण तथा मर्मत, माथागढी गाउँपालिकाअन्तर्गतको साबिक झडेवा ५ मा खेलमैदान निर्माणका लागिसमेत पाँच/पाँच लाख बजेट आएको हो । रिब्दीकोट गाउँपालिकाको साबिक ख्याहा ८, तानसेनको जनता नमुना मावि खेलमैदान मर्मत तथा सुधार, रैनादेवी छहराको साबिक सिद्धेश्वर २ सोही गाउँपालिकाको साबिक सत्यवती ८ मा खेलमैदान निर्माण गर्नसमेत पाँच/पाँच लाख बजेट आएको जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले बताए ।

त्यस्तै, रिब्दीकोटको साबिक देउराली ८ मा क्रिकेट खेलमैदान निर्माण, खस्यौलीमा कभर्डहल निर्माण, डीपीआर तथा निर्माण, रैनादेवी छहराको साबिक सोमादी ४ र सोमादी ६ मा खेलमैदान निर्माण गर्न पाँच/पाँच लाख रुपैयाँ बजेट आएको थियो । रिब्दीकोटको पालुङमैनादीस्थित चण्डिका भवानी आधारभूत विद्यालयमा खेलमैदान निर्माण गर्न पाँच लाख बजेट आएको थियो । यस्तै, साबिकको तानसेन १२ मा रामप्रसाद स्मृति खेलमैदान निर्माण गर्न १० लाख बजेट आएको हो । रैनादेवी छहराको सत्यवतीस्थित पानीचौर, बगनासकालीको साबिक चिर्तुङधारा ९, रैनादेवी छहराकै जनज्योति युवा क्लब खेलमैदान निर्माण गर्नसमेत पाँच/पाँच लाख बजेट आएको थियो । उता, बगनासकालीको चापपानीस्थित कालिका आधारभूत विद्यालयको खेलमैदान निर्माण र चापपानीकै झिरभन्ज्याङ खेलमैदान निर्माण गर्न पाँच/पाँच लाख बजेट निकासा भएको थियो । 

यस्तै, बगनासकालीकै दर्लमडाँडाको केवल स्मृति खेलमैदान निर्माण गर्न भने १० लाख बजेट विनियोजित थियो । रिब्दीकोटको देउराली, पालुङमैनादीस्थित प्रभात मावि, माथागढीको चिदीपानीस्थित सौभाग्य मावि, रम्भा गाउँपालिकाको रकमादेवी आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्न पाँच/पाँच लाख बजेट आएको थियो । यस्तै, रम्भा गाउँपालिकाकै अमृत पब्लिक मावि, बगनासकालीको दर्लमडाँडा मावि, तानसेन ५ साबिकको १३ स्थित लक्ष्मी मावि, परमानन्द बालविद्या आश्रम र बगनासकालीको चापपानीस्थित चन्द्र माविको खेलमैदान निर्माण गर्न पनि पाँच/पाँच लाख रकम आएको थियो । ‘ढिला बजेट आए पनि हतारहतार काम गरेको देखिएको थियो,’ पालुङमैनादीस्थित कालिका माविमा अनुगमनमा पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव शर्मा भट्टराईले भने । 

प्रकाशित : आश्विन १८, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?