कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सहारासँग पुलिस पराजित

प्रताप विष्ट

हेटौंडा — पोखरेली टिम सहारा क्लब दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा शनिबार विजयी भएको छ । वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो ।

सहारासँग पुलिस पराजित

सहाराले दुवै हाफमा एक/एक गोल गर्दै बलियो टिम पुलिसको यात्रा टुंग्यायो । 

सहाराका कप्तान उत्तम गुरुङले शिव सुवेदीको पासमा २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । उनी पुलिसको डि–एरियाभित्र तालमेल अभाव भइरहेको अवस्थामा गोल गर्न सफल भए । त्यस्तै शिवले ८४ औं मिनेटमा प्रहार गरेको कर्नर सीधै गोलमा परिणत भयो । 

पहिलो हाफमा पुलिसका रवि पासवानले डि–एरियाभित्रबाट प्रहार गरेको बल अकासिंदा खेलमा अग्रता लिन चुकेको थियो । सहाराको रक्षापंक्तिसामु पुलिस फिक्का देखियो । राष्ट्रिय खेलाडी रविन श्रेष्ठ र सुमन लामाबिनै पुलिस मैदानमा उत्रिएको थियो । चोटका कारण उनीहरू अनुपस्थित थिए । खेलमा जुमनु राईले कुनै कमाल देखाउन सकेनन् । सहाराका शिव खेलको म्यान अफ द म्याच भए । 

‘खेलाडीले शतप्रतिशत योगदान दिंदा जित सम्भव भएको हो । हाम्रा खेलाडीले पहिलोपटक नै पाएको मौकालाई गोलमा परिणत गर्दा अघिल्लो चरणको यात्रा तय गर्न सफल भयांै,’ सहाराका प्रशिक्षक किरण श्रेष्ठले भने । उनले आफ्नो अग्रता जोगाउन डिफेन्सिभ खेल खेलिरहेको समयमा थप गोल निस्किँदा सजिलो भएको बताए ।

पुलिसका प्रशिक्षक कुमार कटुवालले बल पोजिसन राम्रो हुँदा पनि हार्नुपरेको बताए । सातौं राष्ट्रिय खेलकुदमा भाग लिएर आउनेबित्तिकै खेल्नुपर्दा समस्या भएको उनको भनाइ थियो । 
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगितामा आइतबार मनाङ–मस्र्याङदी र एपीएफ क्लबबीच खेल हुँदैछ । 

प्रकाशित : पुस १६, २०७३ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?