१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

योगेशको चेतावनी, ‘विपक्षी २ सय सांसद दही जमाएर बस्दैनन्’

काठमाडौं — एमाले सचिव योगेश भट्टराईले संविधान संशोधन प्रस्ताव संसदमा जबरजस्ती टेबुल गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

योगेशको चेतावनी, ‘विपक्षी २ सय सांसद दही जमाएर बस्दैनन्’

संशोधनका कतिपय प्रावधान संविधान संविधान र कानुनविपरीत रहेको बताउँदै भट्टराईले जबरजस्ती नगर्न सरकारलाई आग्रह गरे । ‘संविधान बनाउने दल र संविधानको रक्षक भएकाले एमालेले संविधान र कानुनविपरीतका कुनै पनि विधेयक संसदमा लैजान दिंदैन,’ प्रेस चौतारी नेपालको अनलाइन प्रतिष्ठान शाखाले नयाँ बानेश्वरमा गरेको सडक संवादमा शनिबार उनले भने, ‘जबरजस्ती लैजान्छु भन्दैहुनुहन्छ भने संसदमा एमालेसहितका २ सय सांसदले दही जमाएर बस्दैनन् ।’

भट्टराईले संविधान संशोधन विधेयक संविधानको २७४ र २९६ विरुद्ध रहेको भन्दै असंवैधानिक प्रस्तावलाई संसदमा प्रवेश गराउनै नदिने चेतावनी दोहोर्‍याए । ‘संविधानसम्मत प्रस्ताव संसदमा छलफल हुन्छ,’ उनले भने, ‘संविधानको खिलाफमा भएका प्रस्ताव रोक्छौं ।’

भट्टराईले संशोधन विधेयकविरुद्ध अदालतमा समेत मुद्धा विचाराधिन रहेको भन्दै त्यसलाई थाति राख्नुनपर्नेमा जोड दिए । ‘अदालत र संसदको बीचमा शक्ति संघर्ष गराउन सरकार क्रियाशील छ,’ उनले भने ।

भट्टराईले पुस २२ गते काठमाडौंमा हुने विपक्षी दलको प्रदर्शनमा दुई लाख जनतालाई उतार्ने जानकारी दिए ।

प्रकाशित : पुस १६, २०७३ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?