हेर्नुहोस् सौराहाबाट देखिएको सूर्यास्तका १६ तस्बिर- फोटोफिचर - कान्तिपुर समाचार

हेर्नुहोस् सौराहाबाट देखिएको सूर्यास्तका १६ तस्बिर

शब्द : अब्दुल्लाह मियाँ, तस्बिर : अंगद ढकाल

काठमाडौं — सौराहा पर्यापर्यटनका लागि विश्वमै ख्याती कमाएको गन्तव्य हो । वन्यजन्तु सफारीका लागि यो विश्वमै प्रख्यात छ । काठमाडौं र पोखरापछि सबैभन्दा बढी पर्यटक यहीं भित्रिन्छन् । त्यसैले यसलाई तेस्रो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाइँदैछ ।


वन्यजन्तु अवलोकन, चरा अवलोकन, हात्ती सफारी, थारु संस्कृती अवलोकन र सूर्यअस्त अवलोकनका लागि यहाँ वर्षेनी स्वदेशी र विदेशी गरी डेढ लाखसम्म पर्यटक भित्रिने गरेका छन् ।  


यहाँ चितवन निकुञ्जको पूर्वी सेक्टरको कार्यालयदेखि राष्ट्रिय प्रकृती संरक्षण कोषको ‘जैविक विविधता संरक्षण केन्द्र’लगायत छन् । यहाँ खुलेका सुविधासम्पन्न होटलले पर्यटकलाई हात्ती सफारीदेखि जंगल सफारी र चरा अवलोकनसम्म गराउने गरेको छ । सौराहाका पर्यटक व्यवसायीसंग नीजि हात्तीसमेत छन् । सरकारमातहत रहेको हात्ती प्रजननकेन्द्र, खोरसोरसमेत सौराहामै छ । वन्यजन्तुलाई नजिकबाट नियाल्न सौराहा काफी छ ।

प्रकाशित : पुस १६, २०७३ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

दोलखा — दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ । जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो ।

दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ ।

जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ ।

पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका हुन् । त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ । रासस

प्रकाशित : पुस १६, २०७३ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×