कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मुख्यमन्त्री अखिलेशलाई गरिएको कारवाही एकैदिनमा फिर्ता

एजेन्सी

लखनउ — परिवारमा राजनीतिक किचलोका कारण शुक्रबार समाजवादी पार्टीबाट निष्कासनमा परेका उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव र रामगोपाल यादवको कारवाही फिर्ता लिइएको छ। मुख्यमन्त्री अखिलेश र उनका काका रामगोपललाई मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेको हिजो बताएका थिए ।

 मुख्यमन्त्री अखिलेशलाई गरिएको कारवाही एकैदिनमा फिर्ता

आजै एक ट्विट गर्दै समाजवादी पार्टी, उत्तर प्रदेशका अध्यक्ष शिवपाल सिंह यादवले अखिलेश र रामगोपाललाई गरिएको कारवाही फिर्ता लिएको बताएका छन् ।
 


समाजवादी पार्टीमा यूपीमा २०१७ मा हुने निर्वाचनमा कसलाई कसलाई कहाँबाट उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर विवाद सुरु भएको थियो । सो विवादले उग्ररुप लिँदै गएपछि अखिलेशले आफ्नो बाबुले जारी गरेको उम्मेदवार सूचिलाई इन्कार गर्दै आफ्नो सूचि जारी गरेका थिए । तत्पश्चात पार्टी सभापति मुलायामसिंह यादवले शुक्रबार साँझ रामगोपाल र अखिलेशलाई पार्टीबाट निष्कासन गरेका थिए । तर उक्त निर्णयको पार्टीभित्रै चर्को विरोध भएपछि कारवाही फिर्ता लिइएको विभिन्न संचारमाध्यमले उल्लेख गरेका छन् । शिवपाल यादवले आगामी निर्वाचनमा पार्टीको उम्मेदवारका विषयमा पुनर्विचार गर्ने गरी कारवाही फिर्ता लिइएको बताएका हुन्।

यूपीका मुख्यमन्त्री अखिलेशमाथि आफ्नो काका रामगोपालकोको साथमा पार्टीमा गुटबन्दी गरेको आरोप उनकै बाबु मुलायम तथा अर्को काका शिवपालले लगाएका थिए । बहालवाला मुख्यमन्त्री आफ्नै पार्टीबाट निष्कासित भएपछि यूपीमा राजनीतिक तथा संवैधानिक संकट उत्पन्न भएको थियो । कारवाहीसँगै अखिलेखको सरकार अल्पमतमा परेको थियो भने समाजवादी पार्टी विभाजनको संघारमा पुगेको थियो ।

अखिलेश यादव सबैभन्दा कम उमेरमा मुख्यमन्त्री बन्ने नेताभित्र पर्छन् । उनी २०१२ मा यूपीको मुख्यमन्त्री बनेका थिए । उनले २०१२ को उत्तर प्रदेश विधानसभा निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

प्रकाशित : पुस १६, २०७३ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?