२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट परियार मन्त्रीमा सिफारिस

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशमा मुख्यन्त्री यामलाल कँडेल नियुक्त भएको १४ दिनपछि बिनाविभागीय एक मन्त्रीको नाम सिफारिस गरिएको छ । 

कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै, माओवादीबाट परियार मन्त्रीमा सिफारिस

नेकपा माओवादी केन्द्रको तर्फबाट रणसिंह परियारको नाम सिफारिस गरिएको हो । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको सांसद तथा पूर्वमन्त्री कृष्णबहादुर जिसीले बताए ।

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । माओवादीले भने यसअघि मन्त्री बनेका भन्दा पनि नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी छ ।

एमालेबाट पनि आजै एक जना मन्त्रीको नाम सिफारिस गर्ने एमालेका नेताहरु बताउँछन् ।

प्रकाशित : वैशाख १२, २०८१ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?