कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.८६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कक्रहवा नाका बन्द, सुनौली नाका जेठ १६ देखि  

माधव ढुंगाना

भैरहवा — भारतको उत्तरप्रदेशस्थित सिद्धार्थनगर जिल्लासँग जोडिएको रुपन्देहीको कक्रहवा लगायत चारवटा सीमानाका ७२ घण्टाकालागि बन्द गरिएको छ । आउँदो जेठ १२ गते सिद्धार्थनगर जिल्लामा हुने लोकसभा निर्वाचनका लागि लक्षित गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकामा पर्ने कक्रहवा नाका बुधबारदेखि बन्द गरिएको हो । 

कक्रहवा नाका बन्द, सुनौली नाका जेठ १६ देखि  

कक्रहवा नाका लगायत भारत सिद्धार्थनगर जिल्लासँग जोडिएका रुपन्देहीको ठोठरी, हडवडवा र चरैनी नाका बन्द गरिएका हुन् । अन्य नाका मानिस आवत जावत गर्ने सामान्य नाका हुन् भने कक्रहवा गाडी समेत आवत जावत गर्ने ठूलो नाका हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सुचना अधिकारी मनोहर प्रसाद भट्टले भारततर्फ हुने निर्वाचनका बेला कुनैपनि अवाञ्छित गतिविधि हुन नदिनका लागि सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरु बीचको बैठकले गरेको निर्णयअनुरुप नाका बन्द गरिएको बताए । कक्रहवा नाका आगामी जेठ १२ गते राति १२ बजेसम्मका लागि बन्द रहने छ ।

यसैगरी, भारतको उत्तरप्रदेशस्थित महाराजगंज जिल्लामा आगामी जेठ १९ गते हुने लोकसभा निर्वाचनका लागि सुनौली/बेलहिया नाका जेठ १६ गते राति १२ बजेदेखि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जेठ ९ गते राति १२ बजे देखि जेठ १२ गते राति १२ बजे सम्मका लागि कक्रहवा सीमा बन्द गरिएको र जेठ १६ देखि ७२ घण्टाकालागि सुनौली/बेलहिया नाका बन्द रहने जनाएको छ ।रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले भारतको दुई जिल्लामा फरक-फरक मितिमा निर्वाचन हुने भएको कारण ती जिल्लासंग जोडिएका सम्बन्धित सीमा नाकाहरुमात्र बन्द हुने बताए ।

प्रकाशित : जेष्ठ १०, २०८१ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x