कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अपहरणमा परेका युवाको ८ घण्टापछि उद्धार

मनोज पौडेल

कपिलवस्तु — अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवाका विनित मिश्रालाई प्रहरीले उद्धार गरेको छ ।

बुधबार दिउँसो तौलिहवास्थित बहादुरगंज चोकबाट अपहरित उनलाई ८ घण्टापछि बुटवलको होटलबाट सकुशल उद्धार गरेको हो ।

आर्थिक लेनदेनको कारण अपहरण गरेको बताइएको छ । अपहरणको आरोपमा ४ मुख्य आरोपीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवरत्न पौडेलले बताए ।

पक्राउ परेका सबै जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् । होटलमा राखेर कुटपिट तथा रकम माग गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान भइरहेको र थप विवरण बिहीबार साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीले जनाएकोछ ।

प्रकाशित : वैशाख १३, २०८१ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?