२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

आँखा पाक्ने प्रकोप बढेपछि गढवामा एक साता विद्यालय बन्द

दुर्गालाल केसी

दाङ — आँखा पाक्ने संक्रमण बढेपछि गढवा गाउँपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । आँखाका बिरामी तीव्र रुपमा बढेपछि गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने जानकारी गराएको हो ।

आँखा पाक्ने प्रकोप बढेपछि गढवामा एक साता विद्यालय बन्द

अन्य जिल्लामा झैं दाङमा पनि केही दिनयता विद्यालय तथा समुदायस्तरमा बालबालिकाहरुको आँखा चिलाउने, पाक्ने र रातो हुने प्रकोप बढेको छ ।

प्रकोप फैलनबाट रोक्नका लागि तथा जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए ।

प्रकाशित : श्रावण २२, २०८० १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?