कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

म्याग्दीमा पर्यटन सूचना केन्द्र संचालन

म्याग्दी — सदरमुकाम बेनीको कालीपुल बसपार्क छेवैमा पर्यटन सूचना केन्द्र संचालनमा आएको छ । जिल्लामा भित्रने र बाहिरिने पर्यटकलाई प्रमुख पर्यटकीय गन्तव्यहरु, त्यहाँ पुग्ने सडक/पैदलमार्ग, पाइने होटलबास समेतका सुविधाहरुको बारेमा जानकारी गराउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा बेनी नगरपालिका, पर्यटन बोर्डले म्याग्दी पर्यटन सूचना केन्द्र संचालनमा ल्याएका हुन् । 

म्याग्दीमा पर्यटन सूचना केन्द्र संचालन

पर्यटन सूचना केन्द्रमा जिल्लाका पर्यटकीय क्षेत्रको फ्रेमसहितका फोटाहरु, प्रमुख गन्तव्यका फ्लेक्स प्रिन्ट, भिडियो डिस्प्ले, ब्रोसरहरु, नक्सा तथा गाईड वुकहरु राखिएको छ । पर्यटन सूचना केन्द्रसँगै जोडेर जिल्लामा उत्पादन हुने स्थानीय अर्ग्यानिक कृषिजन्य वस्तुहरु, हाते कागज, अल्लो कपडा समेतका सामग्री बिक्री गर्ने कोसेली घर पनि संचालन गरिएको छ ।

‘जिल्लाका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने तथा स्थानीय कृषकले उत्पादन गरेका कृषिउपज, हस्तकलाका सामग्री र अचारसहितका सामग्रीको बिक्रीस्थलसमेत हुने गरी सूचना केन्द्र संचालन गरेका हौं,’ म्याग्दी उद्योग वाणिज्य संघका पर्यटन संयोजक राजेश शाक्यले भने, ‘सूचना केन्द्रले पर्यटकीय गन्तव्यको प्रवर्द्धन र पर्यटकहरुका लागि सही सूचना पाउन सहयोग पुर्‍याउने छ ।’

प्रकाशित : वैशाख १, २०८१ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?