कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीमा आज नीति तथा कार्यक्रम ल्याइँदै

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । आइतबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त नीति तथा कार्यक्रम बढ्ने तयारी रहेको सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

गण्डकीमा आज नीति तथा कार्यक्रम ल्याइँदै

सरकारले यसअघि जेठ १२ गतेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता पेश गरेको थियो । १५ र १६ गते दुई दिन प्रदेशसभामा छलफल गरिएपछि पास गरिएको थियो । सो पछि आज नीति तथा कार्यक्रम ल्याइने भएको हो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुपूर्व नीति तथा कार्यक्रम ल्याउनुपर्ने परम्परा अनुसार नै ल्याउन लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रमलाई समेटेर नै आगामी वर्षको बजेट तय गरिन्छ ।

चालु आवमा ३५ अर्व ९० करोड ९० लाखको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षको लागि बजेट घटाएर ल्याउने तयारी गरेको छ । गत वर्ष नीति तथा कार्यक्रममा नसमेटिएको सांसद विकास कोषलाई बजेट पास गर्ने बेलामा शीर्षक फेरेर (पूर्वाकार विकास कार्यक्रम) यस वर्ष निरन्तरता दिने तयारी रहेको स्रोतले जनाएको छ । गण्डकीका ३६ निर्वाचन क्षेत्रमा ७२ करोड विनियोजन हुँदै आएको छ ।

स्रोतका अनुसार नीति तथा कार्यक्रममा कुनै नयाँपन छैन । ‘परम्परागत शैलीमै नीति कार्यक्रम बनाइएको छ’ स्रोतले भन्यो, ‘२०४८ मा पहिलोपटक आएको नीति कार्यक्रम कस्तो थियो ? त्यही शैलीमा छ अहिलेको पनि ।’ उनले नयाँ इनोभेसन गर्ने खालको कार्यक्रम नभएको बताए ।

प्रकाशित : जेष्ठ २१, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?