कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणी नदीमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

नवीन पौडेल

नवलपुर — नारायणी नदीमा डुबेर पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा १५ वर्षीय एक किशोरको मृत्यु भएको छ । गर्मी छल्नका लागि नारायणी नदीमा पौडी खेल्न गएका स्थानीय संयोग ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए ।

सोमबार बेपत्ता भएका ढकाल मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए ।

मृत अवस्थामा फेला परेका ढकालको शवलाई पोष्टमार्टमका लागि देवचुली नगर अस्पताल, दुम्कौलीमा राखिएको छ ।

जिल्लामा गर्मी बढेसँगै नारायणी नदी र खहरे खोलामा पौडी खेल्नका लागि जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ । तर सावधानी नअपनाउँदा बर्सेनि सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित : जेष्ठ १६, २०८० ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?