कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

७ पर्वतारोही धौलागिरि चुचुरोमा 

घनश्याम खडका

म्याग्दी — संसारको सातौं अग्लो हिमाल धौलागिरि प्रथम हिमालको यो सिजनमा बुधबारसम्म ७ जना पर्वतारोहीले सफल आरोहण गरेका छन् । नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जितेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले बुधबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् ।

७ पर्वतारोही धौलागिरि चुचुरोमा 

सेभेन समिट ट्रेक्सका अनुसार यो सिजनको पहिलो आरोहण भने गत वैशाख ३१ गते बिहान ७.३० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले धौलागिरि हिमाल आरोहण गरेका थिए ।

आरोहणबाट फर्केपछि वार्टेकले चार हजार सात सय मिटर उचाईको वेस क्याम्पमा स्की समेत खेलेका थिए ।

धौलागिरि हिमालमा यस सिजनमा ११ जना महिलासहित ३५ जना पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । जसमध्य सेभेन समिटबाट २६ जना र बाँकी इलाईट एडभेन्चर र पाइनर एडभेन्चरबाट आरोहणमा गएका हुन् ।

८४ बर्षीय कार्लोसको धौलागिरी चढ्ने सपना अधुरो

धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षिय जेष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेन को सपना अधुरै रहने भएको छ ।

स्पेनबाट धौलागिरि आरोहणका लागी बिदाई हुनु अघि कार्लोसले भनेका थिए, ‘उमेरको कीर्तिमान राख्न होईन की पर्वतारोहणको आनन्दको निरन्तरताका लागी धौलागिरि आरोहणमा जाँदैछु ।'

तर पनि कार्लोसको धौलागिरी प्रथमको चुचुरो चुम्ने धोको अधुरै रहने भएको छ । बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाईते भएपछि उनको धौलागिरिको चुचुरोमा पाईला राख्ने १४ औं प्रयास असफल बनेको हो ।

दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसबुक पेज अनुसार बधुबार राती धौलागिरी चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धारगरी क्याम्प तीनमा झारेको तथा होलिकोप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ ।

जेष्ठ पर्वतारोही कार्लोसलाई धौलागिरि आरोहण गराउन लिएर गएको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले पनी दुर्घटनाको पुष्टी गरे । ‘कार्लोर तेस्रो क्याम्पबाट शिखर चढ्नेक्रममा लडेर उहाँको खुट्टा मर्कियो । उहाँलाई शेर्पाहरुले तत्काल उद्धार गरी तेस्रो क्याम्प झारेका छौं । हेलिकोप्टरबाट उद्धार प्रयासमा छौं’ गुरागाईंले भने, ‘सबै भन्दा जेष्ठ उमेरमा धौलागिरि चढ्ने धोको लिएर १३ औं प्रयासमा रहेका कार्लोसको सपना यस सिजनमा पनि अधुरो बनेको छ ।’

कार्लोस सहकर्मी कार्कोभिल्लाको साथमा धौलागिरि आरोहणका लागी मार्च २४ मा स्पेनबाट बिदा भएका थिए । सन् २०२१ सेप्टेम्बर १४ तारेखमा पनि १३ औं प्रयासमा कार्लोस धौलागिरिको ७ हजार १ सय मिटर उचाईको तेस्रो क्याम्प फिक्स गरेपछि धौलागिरिको मौसम अचानक बिग्रेपछि आरोहण त्यागेर फर्केका थिए ।

कार्लोसले यस अघि आफ्नो ६०–८२ बर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेर्कड राखेका छन् ।


प्रकाशित : जेष्ठ ३, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?