कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

काठमाडौंका युवक ४ दिनदेखि पोखरामा बेपत्ता

अनिश भट्टराई

गण्डकी — काठमाडौंका एक युवक पोखरामा ४ दिनयता बेपत्ता रहेका छन् । काठमाडौं टोखा नगरपालिका ८ टोखाका २८ वर्षीय विश्वास अर्याल शुक्रबारबाट बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विश्वकर्माका अनुसार अर्याल साथीको बिहेमा जाने भन्दै उनी पोखरामा आएका थिए । त्यसयता उनको सम्पर्क हुन नसकेको परिवारको भनाइ उद्धृत गर्दै उनले भने ।

कास्की प्रहरीको टोलीले अर्यालको खोजतलास गरिरहेको छ । आफन्तको अनुरोधमा प्रहरीले सेती खोंचमा खोजतलासी गरेको जनाइएको छ ।

प्रकाशित : जेष्ठ १, २०८० १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?