कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकी प्रदेशमा घटाइयो ५ मन्त्रालय

काठमाडौँ — गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो ।

गण्डकी प्रदेशमा घटाइयो ५ मन्त्रालय

मुख्यमन्त्री खगराज अधिकारीले नियुक्ति भएकै दिन मन्त्रालयको संख्या घटाउने घोषणा गरेका थिए । मुख्यमन्त्रीको निवासमा आइतबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्या घटाउने सहमति भएको थियो ।

मन्त्रालय कुन-कुन बनाउने भन्ने विषयमा टुंगो नलागिसकेको राप्रपाका बिनाविभागीयमन्त्री पञ्चराम गुरुङले बताए । मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले ३ बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

अहिलेसम्म तीनै मन्त्रीलाई जिम्मेवारी तोकिएको छैन । दललाई मन्त्रालयको टुंगो लागेपछि मात्र मन्त्रीलाई जिम्मेवारी दिइने सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।

मन्त्रालयको नामावली :


प्रकाशित : माघ ९, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?