२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

रामेछापमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका- ६ सेलेघाटमा शुक्रबार भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । सुनकोशी मरीण डाईभर्सन आयोजनाको बा २ ख ४५०७ नम्बरको टिपर आयोजनाको कामको सिलसिलामा गुडिरहेको बेला भिरबाट खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमवहादुर पराजुलीले दुर्घटनामा परी चालक जयवहादुर माझीको घटनास्थलमानै मृत्यु भएको हो । माझी महोत्तरीको बर्दिबास नगरपालिका-४ गौरीडाँडाका हुन् ।




प्रकाशित : फाल्गुन ४, २०८० १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?