कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकमा युवक मृत फेला

अनिश तिवारी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका बाह्रबिसे बजारका १९ वर्षका नवीन शाक्य आफ्नै घरको बरन्डामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार मृतक शाक्यको छातीमा सिउरिएको पत्र विवरण हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

‘पत्रमा उल्लेख गरिएका कुरा हेर्दा सुसाइड नोटजस्तो देखिन्छ, आत्महत्या गरेको हुन सक्ने सुरुआती अनुमान गरेका छौँ, पोस्टमार्टमपछि थप विवरण खुल्नेछ । आवश्यक अनुसन्धान भइरहेको छ,’ इन्स्पेक्टर न्यौपानेले भने ।

गत शनिबार ४६ वर्षीय उनका आइतराजको घरको भर्‍याङबाट लडेर मृत्यु भएको थियो ।

प्रकाशित : माघ १७, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?