२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५२

वाग्मतीको सभामुखमा भुवन पाठक निर्वाचित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक चयन भएका छन् । शुक्रबार बिहान १२ बजे बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनअनुसार उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२  मत अर्थात बहुमत प्राप्त भएको थियो । 

वाग्मतीको सभामुखमा भुवन पाठक निर्वाचित

कुल ११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य अर्थात सभाध्यक्ष रामप्रसाद ढुङ्गानाले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् । सभामुखमा चयन हुन ५५ मत चाहिन्थ्यो । उनी राप्रपा महासचिवसमेत हुन् । सभामुखमा निर्वाचित पाठकको विपक्षमा ३९ मत खसेको थियो भने ७ जना तटस्थ रहेका थिए । नेकपा (एस)का सांसद भने तठस्थ बसेका थिए । नवनियुक्त सभामखुको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजेका लागि तोकिएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार शिवराज अधिकारीलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३७ र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ३ मत प्राप्त भएको थियो । प्रदेशसभा सचिवालयका अनुसार सभामुखका उम्मेदवार तीनैजना समानुपातिक सांसद हुन् ।

सत्तारुढ दलको केन्द्रीय भागबन्डाअनुसार मुख्यमन्त्री माओवादी केन्द्रले, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउनेछन् । उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागेको छैन । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सदनबाट विश्वासको मत लिनुअगाडि यस विषय टुंग्याइसक्ने बुझिएको छ । उनले पुस ३ गते विश्वासको मत लिँदैछन् ।

प्रकाशित : पुस २९, २०७९ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?