२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

हातपात गर्ने सासंदलाई कारबाही माग गर्दै कर्मचारीले गरे पेन डाउन

पूर्वाधार विकास कार्यालय सप्तरी ठप्प
अवधेशकुमार झा

राजविराज — सांसदले पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई कार्यालयमै हातपात गरेको भन्दै कर्मचारीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । 

हातपात गर्ने सासंदलाई कारबाही माग गर्दै कर्मचारीले गरे पेन डाउन

जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता तथा प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवलाई कारबाही माग गर्दै सो कार्यालयका कर्मचारीहरू आइतबारदेखि अनिश्चितकालीन पेन डाउनमा उत्रिएका हुन् ।

सांसद यादवमाथि कारबाही नहुन्जेलसम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द गर्ने र कालोपट्टी बाँधेर विरोध जनाउने निर्णय गरेको पूर्वाधार कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । दुईवटा योजनाको चिठीसम्बन्धी विवादका क्रममा जनमत पार्टीका संसदीय दलका नेता यादवले आइतबार दिउँसो पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीमाथि कार्यालयमै हातपात गरेका थिए । पूर्वाधार कार्यालयका कर्मचारीहरूले कर्मचारीहरूको जीउधनको सुरक्षा प्रत्याभूति नभएको बताउँदै कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारीहरुको सुरक्षित वातावरणको व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।

आइतबार भएको हातपातको घटनाको प्रमाणका रूपमा सीसीटीभी फुटेजसमेत राखी दोषीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्याल्य सप्तरीमा पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रदेश सभा सदस्य महेशप्रसाद यादवले भने कार्यालय प्रमुख अधिकारीले पैसा लिएर योजनाको चिठी बिक्री गर्ने गरेको थाहा पाएपछि आफू बुझ्न गएको र सो क्रममा आवेशमा आई सामान्य धकेलाधकेल मात्र भएको प्रस्टोक्ति दिए ।

प्रकाशित : चैत्र १९, २०८० १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?