१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

भन्सार छली ल्याइएका जुत्ता चप्पल बरामद 

शंकर आचार्य

पर्सा — प्रहरीले भारतबाट भन्सार छली ल्याएको जुत्ता वीरगन्जबाट बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–८ घण्टाघर सडक खण्डमा घर कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा जुत्ता बरामद भएको हो ।

भन्सार छली ल्याइएका जुत्ता चप्पल बरामद 

भारतबाट ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त जुत्ताका गोदाममा छापा मारेर बेवारिशे अवस्थामा जुत्ताहरू बरामद गरेको छ ।

गोदामबाट ६ सय ९५ जोर जुत्ता, ३७ पिस सुपर क्लिक क्रिम, प्लाष्टिकको लेडिज चप्पल २६ पिस समेत बरामद भएको छ । बरामद जुत्ता, चप्पल लगायतका बस्तुको मूल्य करिब ७ लाख ५ हजार रुपैयाँ रहेको छ । ती सामग्री वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपि ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २७, २०८० १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?