२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

किमाथांका नाका शनिबारदेखि खुल्ने

संखुवासभा — चीनसँग जोडिएको संखुवासभाको किमाथांका नाका आगामी शनिबारबाट खुल्ने भएको छ । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो ।

किमाथांका नाका शनिबारदेखि खुल्ने

नाका खुल्ने भएपछि भोटखोलाबासीको जीवन सहज हुने भएको छ । यहाँका बासिन्दाले चिनियाँ बजारबाट खाद्यान्न आयात गर्दै आएका थिए । तर नाका बन्द भएसँगै त्यो ठप्प भएको थियो भने स्थानीयबासीको दैनिकी कष्टकर बनेको थियो ।

उत्तरी क्षेत्रको किमाथांका नाका जेठ १२ गतेदेखि खुल्ने भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण सकिएको अध्यक्ष भोटेले बताए ।

चीन सरकारले बुहानमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको किमाथांका नाका खुलेको छैन । परराष्ट्र मन्त्रालयको पत्र गृहमन्त्रालय मार्फत आएपछि किमाथांका नाका खुल्ने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए ।

किमाथांका बन्द भएपछि भोटखोला गाउँपालिकामा सदरमुकाम खाँदबारीबाट महागोमा खाद्यान्न ढुवानी गरिँदै आएको थियो । भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब १ सय ६२ किलोमिटर टाढा पर्दछ ।

प्रकाशित : जेष्ठ ९, २०८१ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x