कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

खोटेहाङमा किसानलाई राँगा वितरण

डम्बरसिं राई

खोटाङ — खोटेहाङ गाउँपालिकाले किसानलाई राँगा वितरण गरेको छ । मासु प्रवर्द्धन गरी किसानको आयआर्जनका लागि गाउँपालिकाका किसानलाई मंगलबारसम्म ४९ वटा राँगा वितरण गरेको हो ।

खोटेहाङमा किसानलाई राँगा वितरण

संघीय सरकारको ससर्त अनुदानअन्तर्गत ९ लाख ६८ हजार बजेटबाट ९ वडामध्ये ८ वटा वडाका किसानलई राँगा वितरण गरेको पशु शाखा संयोजक दीपक राईले बताए । यसमा किसानले २५ प्रतिशत रकम ब्यहोरेको राईले बताए ।

राईका अनुसार वडा नम्बर १ लिकुवापोखरीमा १२, वडा नम्बर २ वाप्लुखामा ९, वडा नम्बर ३ सावाकटहरेमा ६, वडा नम्बर ४ बडकादियालेमा ३, वडा नम्बर ५ चिप्रिङमा ६, वडा नम्बर ६ इन्द्रेणीपोखरीमा २, वडा नम्बर ७ खोटाङबजारमा ६ र वडा नम्बर ८ सिम्पानीमा ५ जना किसानलाई एक–एक वटा राँगा वितरण गरेको हो ।



प्रकाशित : वैशाख १२, २०८१ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?