इलाम उपनिर्वाचन : कर्मचारीले नियुक्ति पत्र र खर्च बुझे
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
इलाम — इलाम उपनिर्वाचनका लागि खटाइएका मतदान कर्मचारीले नियुक्ति पत्र र सामग्री बुझेका छन् । मतदानका लागि खटाइएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ति पत्रसँगै निर्वाचन खर्च र सामग्री बुझेका हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![इलाम उपनिर्वाचन : कर्मचारीले नियुक्ति पत्र र खर्च बुझे](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/karmachari-le-saman-bujhe-2342024124738-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उपनिर्वाचन हुनेमध्ये फाकफोकथुम, माङसेवुङ, चुलाचुली र माइ नगरपालिकामा खटाइएका कर्मचारी सामग्रीसहित आजै मतदान केन्द्रमा प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फुँयालले जानकारी दिए ।
यस्तै इलाम र देउमाइ नगरपालिकामा खटाइएका कर्मचारी भोलि बिहानै आ-आफ्ना मतदान केन्द्र प्रस्थान गर्ने तयारी छ । इलाम २ मा उपनिर्वाचनका लागि ७ सय ४५ कर्मचारी र ३ हजार सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनका लागि जिल्लामा ७९ मतदान स्थल र १ सय ४९ मतदान स्थल छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)