३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

भाइको कुटपिटबाट दाइको मृत्यु

संखुवासभा — संखुवासभाको सभापोखरी गाउँपालिका–३, एथुम्बुमा गाउँमा भाइको कुटपिटबाट दाजुको मृत्यु भएको छ । एथुम्बुमा ३८ वर्षीय भाइ प्रवीण राईको कुटाइबाट ४१ वर्षीय दाजु सनमान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

शुक्रबार राति घरायसी विवादमा भाइ प्रवीणले कुटेपछि शारीरिक अपांगता भएका दाजु सनमानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो । कुटपिटमा संलग्न प्रवीणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ ।

प्रकाशित : वैशाख ८, २०८१ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?