कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली आज ओलाङचुङगोला आउने

ओलाङचुङगोलामा यातायात पुगेको खुसियाली र सदरमुकाममा पार्टी कार्यालय भवन उद्धघाटन गर्ने 
आनन्द गौतम

ताप्लेजुङ — पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङ आउँदै छन् । ओली फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा सवारीसाधन पुगेको खुसीयिली मनाउन र सदरमुकाम फुङलिङमा पार्टी कार्यालयको उद्धघाटन गर्न आउन लागेका हुन् । उनीसँगै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, रक्षामन्त्री हरी उप्रेती आउने कार्यक्रम छ । 

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली आज ओलाङचुङगोला आउने

हेलिकप्टरबाट बिहान आउने उनले पहिला गोला जाने योजना बनाएका छन् । ३२ सय मिटर उचाइको यो बस्तीमा दुईदिन अगाडि अर्थात मंगलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेका छन् । अध्यक्ष ओली सवार हेलिकप्टर दुईसय मिटर परको चौरमा राख्ने र त्यहाँदेखि बस्तीसम्म गाडीमा राखेर ल्याउने तयारी गरिएको वडाध्यक्ष छेतेन शेर्पा लामाले जानकारी दिए । यो बस्तीमा पुगेसँगै जिल्लामा रहेका सबै ६१ वडामा यातायातका पुगेका छन् ।

चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म स्थानीयको लगानीमा यसअघिनै सडक निर्माण भएको छ । यहाँसम्म चीनको तिब्बतबाट यातायातका साधन आएका थिए । कोराना संक्रमणसँगै नेपाल र चीनको नाका बन्द भएपछि आउजाउ ठप्प रहेको छ । सडकपनि मर्मत गर्नुपर्ने छ । एसबीए एलाइट कम्पनीले सदरमुकाम तर्फबाट सडक निर्माण तथा विस्तारको काम गरेको थियो । बस्तीका बासिन्दा र ओलीले यातायातका साधन पुर्‍याउने, ट्र्याक पुर्‍याउने निर्माण कम्पनीका ठेकदार पेम्बा शेर्पा, राजीव लामिछाने, चालकलगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको छेतेनले बताए ।

गोलाबाट फर्किएपछि ओलीले सदरमुकाममा रहेको पार्टी कार्यालयको उद्धघाटन गर्ने जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेवे बताउँछन् ।

प्रकाशित : चैत्र २९, २०८० ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×