कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

खन्ती प्रहार गरी हत्या

झापा — खन्ती प्रहारबाट झापाको भद्रपुर नगरपालिका–२ मा एक युवकको हत्या गरिएको छ । स्थानीय ३५ वर्षीय सनम भनिने गंगा राईलाई सोही ठाउँका ३० वर्षीय कमानसिंह राईले खन्ती प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गंगा बुधबार राति कमानसिंहकै घरमा गएर सुतेका थिए । सुतिरहेकै अवस्थामा गंगा राईको टाउकोमा कमान सिंहले फलामको खन्ती प्रहार गरेका थिए । गम्भीर चोट लागेका गंगाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार कमानसिंहले पुरानो रिसिबीका कारण गंगामाथि खन्ती प्रहार गरेका थिए । खन्तीसहित कमानसिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ८, २०८० ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×