कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

छुट्टा–छुट्टै स्थानमा दुई जना मृत फेला

डम्बरसिं राई

खोटाङ — जिल्लाका छुट्टा–छुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । रावाबेसी गाउँपालिका–३ लामीडाडाँ चिउरीबास बस्ने ६९ वर्षीय रणबहादुर सार्की शुक्रबार बिहान र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ५६ वर्षीया उमादेवी परियार बिहीबार मृत फेला परेका हुन् । 

सार्की १० गते बेलुका रातिसम्म घर नआएपछि आफन्तहरुले खोजी गर्ने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरेको कार्कीले बताए ।

परियार भने परियार छिमेकी जितमान राईको घरमा बिहीबार विहान मृत फेला परेकी हुन् । उनी बरण्डामा सुतिरहेको अवस्थामा मृतक भेटिएकी प्रहरी निरीक्षक कार्कीले बताए । मादक पर्दाथ सेवन गरी सुत्नुका साथै जाडोले कठाङ्ग्रिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। उनको शव पोष्टमार्टमपछि शुक्रबार दाहसंस्कार गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×